मनपरी शुल्क उठाएको पाएपछि सहसचिवको नेतृत्वमा विद्यालय अनुगमन
काठमाडौँ - शिक्षा नियमावली विपरीत निजी विद्यालयले मनपरी शुल्क उठाएको पाएपछि मन्त्रालयका सहसचिवको नेतृत्वमा विद्यालय अनुगमनमा जाने भएका छन् । गत वर्षको वैशाख ६ मा शिक्षा मन्त्रालय र संयुक्त विद्यार्थी सङ्गठनबीच भएको १० बुँदे सहमति लागू नभएपछि विद्यार्थी सङ्गठन गत बुधबार अनुगमनमा गएको थियो । अनुगमनका क्रममा युलियन्स, रातोबङ्गलाले कक्षा १ को भर्ना रकम क्रमशः रु २८ र २५ हजार लिएको भेटिएको थियो । विभिन्न विद्यार्थी सङ्गठनले अनुगमनमा जाँदा शिक्षा ऐनले तोकेकोभन्दा बढी रकम उठाएको पाइएपछि मन्त्रालयको सहसचिवको नेतृत्वमा पाँचवटा उच्चस्तरीय अनुगमन समिति बनाएर आजदेखि अनुगमन थाल्न लागेको हो । शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्सालले काठमाडौँ भक्तपुर र ललितपुरका विद्यालयमा गएर अनुगमन गरिने बताउनुभयो । उनले भने–“हामी अनुगमनमा जाँदा बढी रकम लिएको भेटिएमा एकहप्ताभित्र ती विद्यालयलाई कारबाही गर्छौं ।” यस्तै प्रत्येक जिल्लामा भने उपसचिवको नेतृत्वमा अनुगमन थालिने मन्त्रालयले जनाएको छ । अनुगमनमा मन्त्रालयका प्रतिनिधि, विद्यार्थी सङ्गठनका प्रतिनिधि र अभिभावक सङ्घका प्रतिनिधि सहभागी हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण