यार्सा पाटन जाने बिद्यार्थीलाई लक्षित गर्दै घुम्ती बिद्यालय
सोमबार, २७ वैशाख २०७३, १५ : ०२
डोल्पा –यार्सागुम्बा सिजनको सुरुवात भएसंगै आयआर्जनकालागि हिमाली पाटन जाने बिद्यार्थीहरुलाई लक्षित गरेर यसबर्ष पनि घुम्ति बिद्यालय संञ्चालन गरिने भएको छ।
यार्सागुम्बा संकलनको समयमा शिक्षक,बिद्यार्थी,अभिभावक,पशु चौपाय सहित सर्वसाधारणहरु गाँउनै शुन्य पारेर पाटनजाने भएकाले यस समयमा बिद्यार्थीलाई पाटनमै पढ्ने वातावरणको सिर्जनगर्नको लागि चारबर्ष यता जिल्लाका बिभिन्न पाटनहरुमा घुम्ति बिद्यालय संञ्चालन गरिने गरेको जिल्ला शिक्षा अधिकारी युवराज पौडेलले जानकारी दिए ।
यार्सागुम्बा संकलन अबधिभर सबै बिद्यार्थी तथा शिक्षकहरुपनि पाटनतिरै हुने भएकाले यसलाई मध्येनजर राख्दै कक्षा १ देखि ५ सम्मका किताब सम्बन्धि आधारभुत कुराहरु तथा वातावरण संरक्षण सम्बन्धि सिकाईने पौडेलले बताए ।
यसमा स्थानिय बिषय अन्तर्गत यार्सागुम्बा कसरी संकलन गर्ने भन्ने बिषयमापनि जानकारी गराईने उनले बताए ।
जिल्लामा सबैभन्दा धेरै सर्बसाधारणहरुजाने यार्सापाटन माझफाल गा.बि.स को मेलि सामुदायिक बन अन्र्तगत ओपा,बागडाँडा,तरपरे,रह गा.बि.सको माटे,पार्बा रुमान दुनै गाविसको ठाँगे तथा काईगाउ गाविसको डोप्का जगदुल्ला लगायतका स्थानमा संञ्चालन गरिने जिल्ला शिक्षा कार्यालयले जनाएकोछ ।
यार्सागुम्बा संकलन अवधिभर सातसय भन्दा धेरै बिद्यार्थीहरुले अध्ययन गर्ने बताईएको छ ।
एकमहिने समयकालागि संञ्चालन गरिने घुम्ति बिद्यालयहरुमा डोल्पा जिल्लाका मात्र नभई छिमेकि जिल्ला जाजरकोर,रुकुम,सल्यान,जुम्ला लगायतका जिल्ला आएका बिद्यार्थीहरु समेत पढ्न आउने गरेको बताईएको छ ।
पालटाँगेर बनाईएका घुम्ति बिद्यालयहरुमा पढ्नकालागि कापीकलम,मनोरञ्जका लागि खेलकुदका सामाग्रिहरु समेत कार्यालयले ब्यबस्था गर्ने कार्यलयले बताएको छ
शिक्षकलाई एक महिना पढाए वाफत १६ हजार पारीश्रमिकको व्यवस्था गरिने कार्यलयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण