नीति तथा कार्यक्रमप्रति पत्रकार महासङ्घको ध्यानाकर्षण
काठमाडौँ– नेपाल पत्रकार महासङ्घले सञ्चार क्षेत्रका केही महत्वपूर्ण विषय सरकारको नीति तथा कार्यक्रममा नसमेटिएकामा असन्तुष्टि प्रकट गरेको छ ।
महासङ्घका महासचिव उजिर मगरद्वारा आज जारी विज्ञप्तिमा आर्थिक वर्ष २०७३/७४ लागि प्रस्तुत नीति तथा कार्यक्रममा श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अनुगमन, आमसञ्चार नीति कार्यान्वयन, पत्रकारको योग्यताको मापदण्ड, सञ्चारमाध्यमको मापदण्ड निर्धारण गरी वर्गीकरण तथा विशिष्टीकरण गर्नेलगायत विषय समेटिए पनि केही महत्वपूर्ण विषय छुटेको उल्लिखित छ ।
पत्रकार क्षमता अभिवृद्धिका लागि राष्ट्रिय आम सञ्चार प्रशिक्षण प्रतिष्ठान गठन, पत्रकारको स्वास्थ्य बीमा, निर्देशिकासमेत तयार भएको द्वन्द्वपीडित पत्रकार कल्याणकारी कोष सञ्चालन, ज्येष्ठ पत्रकार सम्मान वृत्तिलगायत विषय समावेश गर्ने प्रतिबद्धता सरकारले जनाए ती नसमेटिएको महासङ्घले जनाएको छ ।
‘सरकारद्वारा सञ्चालित सञ्चारमाध्यमलाई छुट्टै स्वायत्तता दिई सञ्चालन गर्ने गरी सार्वजनिक सेवा प्रसारण (पिएसबी) अन्तर्गत लैजाने गरी समितिसमेत गठन भइसकेको अवस्थामा त्यसप्रति नीति तथा कार्यक्रममा केही उल्लेख नगरिनुले सञ्चार क्षेत्रका समस्याप्रति सरकार कतै उत्तरदायी नभएको त होइन भन्ने आशङ्का उत्पन्न भएको छ’ विज्ञप्तिमा उल्लेख छ ।
महासङ्घले राष्ट्रिय आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन, पत्रकारको स्वास्थ्य बीमा, निर्देशिकासमेत तयार भएको द्वन्द्वपीडित पत्रकार कल्याणकारी कोष सञ्चालन, ज्येष्ठ पत्रकार सम्मान वृत्तिलगायत विषयलाई नीति तथा कार्यक्रममा समावेश गरी आगामी बजेटमा समेत विनियोजन गर्न सरकारसँग आग्रह गरेको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण