बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नीति तथा कार्यक्रम कार्यान्वयन हुन नसक्ने दाबी

सोमबार, २७ वैशाख २०७३, १५ : ३०
सोमबार, २७ वैशाख २०७३
काभ्रे– नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयन हुन नसक्ने जिकिर गरेका छन् । आज काभ्रेपलाञ्चोकको वनेपामा धनेश्वर महादेव मन्दिरको शिलान्यास गर्दै उनले नीति तथा कार्यक्रम कुनै पार्टीको चुनावी घोषणापत्रजस्तो भएको बताए । नेपाली काँग्रेसका पूर्व महामन्त्री सिंहले सरकारले आफ्नो असफलता ढाकछोप गर्न सस्तो लोकप्रियताका लागि नीति तथा कार्यक्रम ल्याएको आरोप लगाउँदै संविधान कार्यान्वयन गर्न भूकम्पपीडितलाई राहत तथा पुनःस्थापना गराउन सरकार असफल भएको बताए । सरकारको दिन गन्ती सुरु भइसेकेकाले सरकारको आयु लामो नभएको उनको जिकिर थियो । रु एक करोड ६४ लाखमा धनेश्वर महादेवको मन्दिर निर्माण हुन लागेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप