कमल थापाले पठाएको पत्रको औचित्य छैनः राई
काठमाडौं– संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राईले उपप्रधानमन्त्री कमल थापाले पठाएको पत्रको कुनै औचित्य नभएको भन्दै सो पत्र मात्र आफूहरुको आन्दोलनलाई कमजोर पार्ने योजनाका साथ आएको दाबी गरेका छन् । परराष्ट्रमन्त्री थापाले हिजोमात्रै वार्ताको लागि आह्वान गर्दै मोर्चालाई पत्र पठाएका थिए ।
‘समय पर्याप्त हुँदा वार्ताबारे कुनै चासो भएन र समय त्यसै खेर फालेर बसे,’ सोमबार पार्टी कार्यालयमा प्रचारप्रसार उपसमितिद्वारा आयोजित संक्षिप्त प्रेस ब्रिफिङमा नेता राईले भने, ‘अहिले आन्दोलनको तयारी सकिसक्दा कमजोर पार्न फेरि वार्ताको तुरुप फालिएको छ ।’ मोर्चाले आगामी जेठ २ गते सिंहदरबार घेराउको तयारी गरेको छ ।
नेता राईले विगतमा पनि धेरैपटक वार्ता भइसकेकाले भन्दै सरकार आन्दोलनकारीको मागबारे गम्भीर नरहेको टिप्पणी गरे । ‘सरकार साँच्चै गम्भीर र सार्थक वार्ता चाहन्छ भने प्रधानमन्त्री वा उच्चस्तरीय राजनीतिक तहबाट वार्ताको पहल हुनुपर्छ’, नेता राईले जोड दिए ।
नेता राईले विगतमा भएका सहमति र सहमति हुन बाँकी रहेका सवालमा सरकारपनि उतिकै गम्भीर हुनुपर्ने बताए ।
पार्टीका संसदीय दलका नेतासमेत रहेका राईले आफूहरुका मुद्दा र मागप्रति बहस हुने विश्वास भएमा संसद प्रवेश गर्नेपनि जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण