बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जिल्ला वन कार्यालयद्वारा अग्निनियन्त्रण सामाग्री हस्तान्त्रण

सोमबार, २७ वैशाख २०७३, १७ : ०६
सोमबार, २७ वैशाख २०७३

धनकुटा – धनकुटा जिल्लामा जिल्ला वन कार्यालयद्रारा वन डडेलो नियन्त्रण सचेतनाका लागि जिल्लाका ३ वटै सुरुक्षा निकायलाई आगलागि नियन्त्रण सामाग्री हस्तान्तरण गरेको छ । वन कार्यालयले आज आफ्नै कार्यालयको सभाहलमाा एक कार्यक्रमको आयोजना गरी अग्नि नियन्त्रणका ३३ थान समाग्री हस्तान्तरण गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेतीले धनकुटा जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल छिन्ताङ्ग गुल्म र श्रीमेहर गण सल्लेरी व्यारेक धनकुटालाई करिब ५ लाख मुल्य वराबरको अग्नि नियन्यण सामाग्री हस्तानतरण गरेका थिए । प्रमुख उप्रेतिले सुरक्षा निकायका प्रतिनिधिहरुलाई वाटर ट्रयांक, लाईफ ज्याकेट, हेल्मेट, साबेल लगायतका ११ प्रकारका डढेलो नियन्त्रण सामाग्री हस्तान्तरण गरेका छन् ।

जापान सरकारको सहयोगमा नेपाल सरकारले उक्त सामाग्री हस्तान्तरण गरेको जिल्ला वन कार्यालयका प्रमुख कृष्ण प्रसाद वस्तीले जानकारी दिए ।

सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्नु हुँदै वन प्रमुख वस्तीले यस वर्ष जिल्लाका ४७ वटा सामुदायिक वनमा आगो लाग्दा २३ हेकटर वन जलेर नष्ट भएको जानकारी गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप