आईसीसीले लगाइएको प्रतिबन्ध हट्न सक्नेः विष्ट
राजविराज– राजनीतिक हस्तक्षेप अन्त्य गरी एकै क्यान भएर आगाडी बढेमा आईसीसीले नेपाल क्रिकेट संघ (क्यान) माथि लगाइएको प्रतिवन्ध हट्न सक्ने राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टले वताएका छन् । राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा जिल्ला खेलकुद विकास समिति सप्तरीको संयोजनमा तीन दिनसम्म राजविराजमा संचालित ‘ज्येष्ठ नागरीकका लागि खेलकुद, ध्यान तथा योग एवम् प्राकृतिक चिकित्सा शिविरको सोमवार समापन गर्दै सदस्य सचिव विष्टले यस्तो वताएका हुन् । क्यानको आधिकारिकता विवादमा सम्वद्ध सवै पक्ष आरोप प्रत्यारोपमा उभिएको र एक पक्षले आदालतमा मुद्दा समेत दर्ता गराएको अवस्थामा आफुहरुले कुनै कदम चाल्न नसकेको उनले वताए । यतिवेला चालिने जुनसुकै कदमले अदालतमा विचाराधीन मुद्दालाई प्रभावित गर्ने भएकोले एउटै मात्र विकल्प मुद्दा फिर्ता नै रहेको उताउदै उनले त्यसका लागि एकै क्यान हुनुपर्ने उनको तर्क छ । करिव दुईवर्षदेखि क्यानमा विवाद देखिएको र क्यानको कार्यहरु पारदर्शीपूर्ण नरहेको भन्दै पटक पटक सचेत गराएपनि वेवास्ता गरेपछि गत वैशाख १३ गते (सोमबार) दुवईमा बसेको आईसिसीको बोर्ड बैठकले क्यानलाई प्रतिबन्ध लगाएको हो । क्यानमा राजनीतिक हस्तक्षेप भएको, दुई क्यान भएको र आधिकारिकता विवाद अदालतमा फसेको भन्दै आर्टिकल २.९ अनुसार क्यानलाई निलम्वन गरेको आइसिसीले उल्लेख गरेको छ । नेपालमा अहिले परिषदबाट मान्यता प्राप्त र निर्वाचित समिति अस्तित्वमा र बीच कुन आधिकारिक हो भन्ने विवाद चुलिएको थियो । विवादका बीच चतुर बहादुर चन्दको नेतृत्वमा गत पौषमा क्यानको नयाँ निर्वाचत समिति बनेको थियो जसलाई राखेपले मान्यता नदिएपछि चन्द पक्षले अदालतमा दर्ता गराएको मुद्दा विचाराधीन छ । राखेपले रमेश सिलवालको नेतृत्वमा गत माघमै तदर्थ समिति गठन गरेको थियो । खेलकुद विकास समिति सप्तरीका उपाध्यक्ष धिरेन्द्रप्रसाद वर्माको अध्यक्षतामा आयोजित समापन समारोहमा सप्तरीका प्रमुख जिल्ला अधिकारी वलदेव गौतम, नेपाल पत्रकार महासंघका पुर्व उपाध्यक्ष तथा ज्येष्ठ नागरीक संघ सप्तरी जिल्ला अध्यक्ष शिवहरी प्रसाद भट्टराई, कवड्डि संघका राष्ट्रिय उपाध्यक्ष अरविन्द कुमार झा, सहभागिहरु रामनरेश सिंह, चन्द्रकलादेवी थरुनी लगायतले वोलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण