बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अन्तरिक्षबाट देखिन थाल्यो क्यानाडाको भीषण आगलागी

सोमबार, २७ वैशाख २०७३, १९ : ३०
सोमबार, २७ वैशाख २०७३

अल्र्बेटा – यि तस्विरहरु क्यानेडाको अल्र्बेटामा कसरी आगो सल्कदैँछ भन्ने देखाउन पर्याप्त छन् । बेलायती अन्तरिक्षयात्री टिम पिकेले अन्तर्राष्टिय स्पेश स्टेशन शोबाट क्यानेडामा सल्किरहेको आगोको धुवाँलाई यसरी तस्विरमा कैद गरेका हुन् ।

क्यानेडामा सल्किएको यस आगो आइतबारसम्म २ लाख हेक्टर जमिनमा फैलने अनुमान लगाइएको छ । ठूलो आँधि, बढ्दो तापक्रम तथा सुख्खा अवस्थाका कारण आगो निन्तर फैलिएको हो । जंगलमा फैलिएको यो आगो नियन्त्रण गर्न महिना दिनसम्म लाग्नसक्ने चेतावनी अधिकारीहरुले दिएका छन् । यो आगो दोब्बर मात्रामा फैलन सक्ने र तेलको खानीसम्म पुग्नसक्ने आशंकाका कारण समेत त्रास फैलिएको छ ।

अल्र्बेटाबाट छिमेकी राज्य सासकाट्चेवानसम्म यो आगो फैलने त्रास उत्तिकै छ । आइतबार बिहान फोर्ट म्याकमुर्रेमा हल्का वर्षात् भएका कारण आगो कम फैलिएको छ । फोर्ट म्याकमुर्रेमा ८० प्रतिशत घरहरु अझै सुरक्षित रहेपनि स्थानियवासीहरु बस्न सकेका छैनन् ।

अल्र्बेटा राज्यका प्रिमियर राचेल नोट्लीले अनुमान गरेभन्दा कम मात्रामा आगो फैलिएको बताएका छन् । अहिले हजारौँ व्यक्तिहरु आगलागिका कारण बिस्थापित भएका छन् । र्फोट म्याकमुर्रेबाट ८० हजार जनता अन्यत्र विस्थापित भएका छन् ।

गत हप्तादेखी लागेको आगलागीका कारण अहिलेसम्म घाइते हुने तथा मृतक हुनेको विवरण भने प्राप्त भएको छैन । फोर्ट म्याकमुर्रेबाट १५ माइल्स पर उत्तरतर्फ रहेको सनकोर तेलखानीमा आगो फैलन सक्ने खतराका कारण भने त्रास उत्पन्न भएको छ ।

साउदी अरेबिया र भेनेजुयलापछि अल्बेर्टाको तेलखानी विश्वकै तेस्रो तेलको ठूलो भण्डारन क्षेत्र हो । यसमा काम गर्ने धेरैजसो कामदारहरु फोर्ट म्याकमुर्रेमा बस्ने गर्दथे । अहिले त्यहाँका कामदार बिस्थापित भएका छन् । प्रहरीले फोर्ट म्याकमुर्रेका अधिकांश ठाउँहरुमा धुवाँ नै धुवाँ रहेका कारण नजिकको दृश्यावलोकन गर्न मुस्किल भएको बताएको छ । अधिकारीहरुले उद्धारका क्रममा खट्दा मास्क लगाएका छन् ।

फोर्ट म्याकमुर्रेमा १६ सय घरहरु जलेका छन् । त्यस्तै थुप्रै भवनहरु क्षतिग्रस्त छन् । ग्याँसको व्यवस्था छ्रैन्, विद्युत लाईन बिग्रिएको छ र खानेपानी उपलब्ध छैन् । अल्र्बेटा राज्य सरकारले प्रारम्भिक योजना तयार पारेपछि अहिले तत्काल त्यहाँ बस्न सक्ने अवस्था छैन् । यहाँका सर्वसाधारणहरु लाक ला बिचेसहित अन्य थुप्रै ठाउँमा बिस्थापित भएर शिविरमा बस्दै आएका छन् । शिविरमा बस्नेहरुलाई दैनिक तीनपटकका लागि खानाको व्यवस्था र नियमित स्वास्थजाँचको सेवा प्रदान गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप