तक्षशीलाबाट देखियो सूर्यमा दाग (फोटोफिचर)
काठमाडौं – राजधानी सामाखुशीमा रहेको तक्षशिला एकेडेमीमा मंगलबार दिउँसो विद्यार्थीहरुको भिड थियो । एकातिर केही विद्यार्थीहरु भीडको बीचमा लामो टेलिस्कोपबाट आकाशतिर चिहाउँदै थिए भने अरु धेरै विद्यार्थीहरु लामो लाइन लागेर कौतुहलपूर्ण मुद्रामा लामबद्ध थिए । उतिबेलासम्म वरपर चारैतिर हल्ला फैलिएर होला स्थानीयबासीको भीड पनि बढिसकेको थियो ।
यो थियो, खगोल विज्ञानको रोमाञ्चक घटना हेर्र्नेहरुको भिड । आज सूर्य हुँदै बुध ग्रह पार गरिरहेको दृश्य हेर्न सकिन्थ्यो । एक शताव्दीमा जम्मा १३ पल्ट मात्रै हेर्न सकिने सूर्य हुँदै बुध ग्रह पार गरिरहेको दुर्लभ दृश्य हेरेपछि लक्षशिलाकी विद्यार्थी उपसना राईले हेर्दा ज्यादै मज्जा लागेको बताइन् ।पृथ्वीले सूर्यलाई परिक्रमा गर्न ३६५ दिन लाग्छ भने बुधले सूर्यलाई परिक्रमा गर्न ८८ दिन मात्रै लगाउने गर्दछ । सूर्य बुध र पृथ्वी समान रेखामा हिँड्दा मात्रै यो बुध सूर्य गमन सम्भव भएको हो ।
बुध ग्रहले सूर्यमा छाँया पारेर पार गरिरहेकोफेरि सन् २०१९मा देख्न सकिनेछ तर यो दृश्य नेपालबाट हेर्न अव सन् २०२९ मा कुर्नु पर्नेछ ।
बुध सूर्य गमनलाई नेपालको पञ्चाङ्गले उल्येख गरेका छैनन् । नेपाली पञ्चाङ्ग अनुसार बुध सूर्य गमनको रेखा ६ डिग्रीले फरक पर्ने हुँदा नेपाली खगोलविद्हरुको औचित्यमाथि थुप्रै प्रश्न खडा भएको एक्ट्रोनोमी क्लवका अध्यक्ष जयन्त आचार्यले प्रतिकृया दिए ।
सामान्य क्यामाराले सूर्यबुध गमनको तस्विर कैद गर्न असम्भव थियो । हेर्नुहोस् नासाले खिचेको तस्विर:
NASA scientists discuss the Mercury transit today from 10:30-11:30am ET on NASA TV! More: https://t.co/8q7sZ3Kk6T pic.twitter.com/Blc13KrRKu
— NASASunEarth (@NASASunEarth) May 9, 2016
#SDO has a front-row seat to the #MercuryTransit! For more footage, check out https://t.co/5OFdcyOFJ8 pic.twitter.com/2AUzrJx3mz — NASASunEarth (@NASASunEarth) May 9, 2016
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण