सरकारको नीति-कार्यक्रम 'मुंगेरी लालको हसीन सपना' - महतो
काठमाण्डौ - संसदमा पेश गरिएको ओली सरकारको नीति कार्यक्रमलाई सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले 'मुंगेरी लालको हसीन सपना' जस्तै बताएका छन्। महतोले सरकारद्वारा पेश गरिएको नीति कार्यक्रम र ओलीको बोली दुबै उस्तै रहेको र सुन्नमा रमाईलो लाग्ने तर कहिले पुरा नहुने बताए।
नीति कार्यक्रममा पुरानै संक्रमणकालीन व्यवस्था अनुसार स्थानीय चुनाव गराउने सरकारको घोषणा प्रति सदभावना पार्टी अध्यक्षले आफ्नो आपत्ति जनाउनु भएको छ। महतोले संघीयताको कार्यान्वयन गर्नुको सट्टा पुरानै व्यवस्था अनुसार स्थानीय चुनावको घोषणा गर्नुले ओली सरकार शंकाको घेरामा आएको बताए। उनले भने 'नयाँ संविधान कार्यान्वयन प्रति वर्तमान सरकार इमानदार छैन।' नयां संविधान जारी भए पनि पुरानै व्यवस्था लाद्ने सरकारको नीयतले संघीयतानै खतरामा पर्ने महतोले बताए। उनले भने ओली सरकारको यस घोषणाले सरकार संघीयता बारे अझै अन्यौलमा रहेको बताउँदै यस बारे देशका जनतालाई प्रष्ट पार्न माँग गरेका छन्।
ख्याल ठठ्टामा चलेको सरकारले नीति कार्यक्रम बनाउँदा पनि जनताको भावनासँग ख्याल ठठ्टानै गरेको महतोको भनाई छ। ओली सरकारको 'एक घर एक रोजगार' योजना बारे प्रतिक्रिया दिंदै महतोले भने खयाली पुलाव पकाए जस्तै सरकारले देशको जनतालाई खयाली पुलाव बाँडेको छ। महतोले यो रोजगार कसरी दिने र रोजगारीको सृजना कसरी गर्नेबारे सरकारले केही स्पष्ट नपारेकोले सो योजना ओलीको खयाली पुलाव नै रहेको बताए। 'रोजगार नेपालमा दिने हो की मलेशिया-कतारमा' भनेर महतोले सरकार माथि कटाक्ष पनि गरे।
हुलाकी राजमार्ग, निजगढमा प्रस्तावित अन्तरराष्ट्रीय विमानस्थल र काठमाण्डौं तराई-मधेश फास्ट ट्रयाक योजनालाई आफ्नै खर्चले बनाउने घोषणा गरेको सरकारले यसको साधन स्रोत कहाँ बाट जुटाउने र यसमा निवेशको लागि अरबौं रूपैयाँ कहाँबाट ल्याउने त्यो स्पष्ट नरहेकोले सरकारको यो घोषणा पनि कागजमा मात्र सीमित रहने महतोले बताए।
हालै सरकारले स्थानीय वा नेपाल बन्दमा निषेध र बन्द आयोजकबाटै क्षतिपूर्ती असुल गरिने भनी ल्याएको नीती तथा कार्यक्रम प्रती कड़ा आपत्ति जनाउँदै महतोले भन्नुभयो, 'लोकतन्त्रमा बिरोध गर्ने अधिकार सबैको हुन्छ र यो नागरीकको बिरोध गर्नपाउँने लोकतान्त्रिक अधिकार माथि नै हनन हो'। उनले थप्दै भने, 'के एमाओवादी र एमालेले बिगतमा गरेको बन्द हड्तालले देशलाई भएको क्षतीको भर्पाई गर्न तयार छ ?'
सदभावना अध्यक्ष महतोले भूकम्प पीडित लाखौं जनतालाई एक वर्ष पछि पनि राहत दिन नसक्ने सरकारले, भू उपग्रह, स्मार्ट सिटी र रेल चलाउने जस्तो कुरा गर्दा थोरै पनि नसुहाएको बताउँदै प्रम ओली लाई बोलीले मात्रै होईन साँचिक्कै केही न केही गरेर देखाई दिने चुनौती समेत दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण