खनालको नेतृत्वमा एमाओवादी प्रतिनिधिमण्डल चीनतर्फ
काठमाडौँ - चिनियाँ कम्युनिस्ट पार्टी, विदेश विभागको निमन्त्रणमा एकीकृत नेकपा(माओवादी)को एक प्रतिनिधिमण्डल आज चीन प्रस्थान गरेको छ । एमाओवादीका विदेश विभाग सदस्य युवराज चौलागार्इंका अनुसार पार्टीका स्थायी समिति सदस्य चन्द्रप्रकाश खनालको नेतृत्वमा १५ सदस्यीय प्रतिनिधिमण्डल आज एयर चाइनाको जहाजबाट त्यसतर्फ प्रस्थान गरेको हो । चीन जाने टोलीमा पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदी, केन्द्रीय सदस्य प्रकाश पोखरेल र हकिकुल्ल खाँ, अखिल (क्रान्तिकारी)का अध्यक्ष रमेश मल्ल, पत्रकार विवेक गौतम, पार्टीका नेताहरु सुनिलकुमार पौडेल, दुर्गाप्रसाद चापागार्इं, विशाल शर्मा, युवराज भण्डारी र लोकबहादुर बोहोरा, नेत्री विमला केसी, कमला नहर्की र प्रमिला पुलामी छन् । प्रतिनिधिमण्डल चीनको कुइयाङ प्रान्तमा आयोजना गरिने पर्वतीय पर्यटन मेलामा सहभागी हुने कार्यक्रम छ । चीनमा रहँदा प्रतिनिधिमण्डलले चिनियाँ कम्युनिस्ट पार्टी, विदेश विभागका नेतासँग विशेष भेटवार्ता गर्ने कार्यक्रम छ । प्रतिनिधिमण्डल आगामी जेठ ६ गते स्वदेश फर्कने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण