बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चीन ब्यापार संघका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठ पक्राउ

मङ्गलबार, २८ वैशाख २०७३, ०८ : ५७
मङ्गलबार, २८ वैशाख २०७३
काठमाडौं,  नेपाल चीन मैत्री ब्यापार संघका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठ अवैध हुन्डीको कारोबारमा संलग्न भएको आरोपमा पक्राउ परेका छन् । उनलाई महानगरीय प्रहरी बृत्त सोह्रखुट्टेले सोमबार उनकै फर्मबाट पक्राउ गरेको हो । न्यूरोड प्यूखा गल्लीको मुक्तिनाथ इन्टरनेशनल बिजनेश प्रालिबाट हुन्डीको रकम नगद रु १ लाख ८१ हजार सहित दुर्गाबहादुर श्रेष्ठ, उनका छोरा राजेश श्रेष्ठ र कर्मचारी अर्जुन तिमिल्सिना पक्राउ परेका छन् । प्रहरीले विभिन्न ब्यक्तिका नाममा काटिएका विभिन्न बैंकका ४२ लाख ६९ हजार ७ सय ७३ रुपैयाँ बेबारिसे ३४ थान चेक पनि बरामद गरेको छ । ती सबै हुन्डीको कारोबारका लागि लिएको चेक भएको आशंका प्रहरीले गरेको छ । चेक र श्रेष्ठको कार्यालयमा भेटिएका कागजातका आधारमा उनी लामो समयदेखि हुन्डी कारोबारमा संलग्न भएको आशंका प्रहरीले गरेको छ । उनले बैंकको एलसी समेत खोलेको नदेखिएको प्रहरीले बताएको छ । २ महिनाको बीचमा बैंकबाट दुर्गाबहादुर श्रेष्ठको ४ करोड २४ लाख रुपैयाँ भन्दा बढी ट्रान्जिसन भएको देखाएको छ । यो रकम कुन स्रोतबाट आयो, कर तिरेको छ कि छैन भन्ने कुरा पनि अनुसन्धानका क्रममा खोजी हुने भएको छ । अनुसन्धानको प्रयोजनका लागि श्रेष्ठको कार्यालयबाट कम्पनीका कागजात, एक थान ल्यापटप, सीपीयु, प्रीन्टर बरामद गरिएको महानगरीय प्रहरी बृत्त सोह्रखुट्टेका प्रमुख सोमेन्द्रसिंह राठौरले जानकारी दिएका छन् । दुर्गांबहादुर श्रेष्ठ हिमालय सीमापार ब्यापार संघका दुई कार्यकाल अध्यक्ष भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप