बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विवाह फोटो अवार्ड हुदैं

मङ्गलबार, २८ वैशाख २०७३, ०९ : ५९
मङ्गलबार, २८ वैशाख २०७३

काठमाडौं – काठमाडौं फोटोग्राफर संघले चौथो पटक क्यानन केपीए विवाह फोटो अवार्ड २०१६ गर्ने भएको छ । आईतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै अवार्डको बारेमा जानकारी दिएको छ ।

अवार्डमा प्रोफेशनल स्टुडियो फोटोग्राफर तथा स्वतन्त्र फोटोग्राफरहरुले भाग लिने पाउने आयोजकले जनाएको छ ।  अवार्डमा भाग लिन १०x१२ र ८x१२ साईजको फोटो आवश्यक पर्नेछ ।  फोटो सहितको फर्म यहि जेष्ठ १४ गते सम्म बुझाउनु पर्ने आयोजक समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले जानकारी दिए ।

अवार्डमा प्रथम, द्धितिय र तृतियलाई Canon EOS DSLR 70D Kit, Canon EOS DSLR 750D Kit, Canon EOS DSLR 1300D Kit क्यामरा पाउने छन् । साथै चौथो र पाँचौ फोटोलाई Canon  Selphy Compact Printer दिइने आयोजक संस्थाले जनाएको छ ।  साथै संघको आधाकारिक फेसबुक पेजमा राखिएको फोटोमा सबै भन्दा बढि लाईक आउने फोटोलाई दर्शक छनोट विधामा अवार्ड दिइने छ । अवार्ड विजेताको घोषणा जेठ २७ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा गरिने भएको छ । त्यसैगरी उत्कृष्ट सय फोटोलाई जेठ ३०, ३१ र ३२ गते तिन दिनसम्म नेपाल कला परिषद् बबरमहलमा प्रर्दशनीमा राखिनेछ । उक्त प्रदर्शनीमा फोटोग्राफी सम्बन्धी विभिन्न स्टलहरु प्नि राखिने काठमाडौं फोटोग्राफर संघले जनाएको छ ।

अवार्डको शिर्ष प्रायोजक क्यानन क्यामरा र फोटो कन्सर्न र फोटो व्वाइन्टले संयुक्त रुपमा मुख्य प्रायोजक रहेका छन् । प्रितिका क्यामरा सेन्टर तथा सोहेता नेपाल सहप्रायोजकका रुपमा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप