बालविवाह र दाइजो प्रथाबिरुद्ध उभिने सम्मानित
वीरगन्ज – बालविवाह र दाइजो प्रथाको विरोधमा अभियाननै सञ्चालन गरेर समाजमा उदाहरणीय बनेकाहरुलाइ आज सम्मान गरिएको छ । बालविवाह एंव दाइजो उन्मुलन राष्ट्रिय अभियान नेपाल नामक संस्थाले वीरगन्जमा आज एक कार्यक्रमको आयोजना गरि पर्सा र बाराका अभियन्ताहरुलाइ सम्मान गरेको हो ।
कार्यक्रममा बालविवाहविरुद्ध घरपरिवारसंग नै विद्रोह गरेर अहिले माइती नेपालको संरक्षणमा बस्दै आएकी वीरगन्ज छपकैयाकी रिंकु ठाकुर, बिना दाइजो भारतीय युवतीसंग विहे गर्ने वीरगन्ज रानीघाटका जटाधारी वर्णवाल, बिना दाइजो बिहे गर्ने बारा बुनियादका रामप्रवेश मण्डल, बालविवाह विरुद्ध विद्रोह गरेकी बारा लिपनीमालकी सायमा खातुन र बिना दाइजो आफनो छोरीको अन्तरजातीय विहे गर्ने वीरगन्जका रविन्द्र सिंहलाइ सम्मान गरिएको हो ।
कार्यक्रममा बालविवाह र दाइजो विरुद्धको अभियानमा लागेकाहरुलाई सहयोग गर्ने रेडियो तराइका राजेन्द्र सिंह नेपाली , माइती नेपाल वीरगन्जकी प्रमुख संगीता पुरी , नारायणी एफएमकी सहकर्मी माधुरी महत्तो, जिल्ला प्रहरी कार्यालय पर्सा, वीरगन्ज पब्लिक कलेज, सुरेश साह, इद्रिश मियाँ , पत्रकार इमामुल मन्सुरीलाइ पनि सम्मान गरिएको छ ।
पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठ, नेपाली चलचित्रकी नायिका श्वेता खड्का र जिल्ला विकास समिति पर्साका सामाजिक शाखा अधिकृत धर्माज थापाले उनीहरुलाइ कदर पत्र र खादा ओढाएर सम्मन गरे ।
पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा महिला तथा बालबालिका कार्यालय पर्साकी प्रमुख सुर्या शाह, वरिष्ठ पत्रकार जगदीश शर्मा लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रमको सञ्चालन बालविवाह एंव दाइजो उन्मुलन राष्ट्रिय अभियान नेपालका अभियन्ता राज कुमार महतोले गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण