बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ट्रकको ठक्करबाट युवतीको मृत्यु

मङ्गलबार, २८ वैशाख २०७३, ०६ : ३३
मङ्गलबार, २८ वैशाख २०७३

राजविराज - ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी एक युवतीको गएराति उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको कुशहा गाविस–१ की १७ वर्षीया मनकामना चौधरी रहेको प्रहरीले जनाएको छ । उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा गएराति मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ–५ स्थित सडकखण्डमा आइतबार राति उनलाई ट्रकले ठक्कर दिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप