नेता नेपालको बनेर भारतको इसारामा चल्ने काम बन्द गर्नुपर्छ : नेता बिजुक्छे
जुम्ला - नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले स्वायत्तता र विकेन्द्रीकरण बिना कर्णालीको विकास हुन नसक्ने बताएका छन् । कर्णालीका कार्यकर्तासंगको भेटघाटमा जुम्ला पुग्नुभएका अध्यक्ष बिजुक्छेले ‘चीनबारे हाम्रो विचार’ नामक पुस्तक सार्वजनिक गर्ने कार्यक्रममा यो कुरा बताए ।
उनले भने, केन्द्रले लादेका योजनाअनुसार काम गर्दा कर्णाली पछि परेको हो । राज्यले यहाँको खास आवश्यकता, हावापानी, माटो, भूगोल र हिमाली भेकको अनुकूलित आर्थिक वर्षसँग अहिले पनि चासो दिएको छैन, जसको कारण यस क्षेत्रको दीर्घकालीन विकासमा नकारात्मक प्रभाव परेको छ, उनले थपे ।
अध्यक्ष बिजुक्छेले पछिल्लो चरणमा विकास निर्माणका लागि छुट्याएको रकम दलले खाने गरेको आरोप लगाउँदै आफ्ना कार्यकर्तालाई कमिसन, घुसखोरी र भ्रष्टाचारमा संलग्न नहुन निर्देशन दिए।
त्यसैगरी, उनले देशको कूटनीतिक मर्यादा विपरीत क्रियाकलाप गर्ने भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई कारबाही गर्नुपर्ने धारणा राखे । राजदूत कुनै पार्टीको कार्यकर्ता नभई नेपालको प्रतिनिधि भएकाले सरकारको कामलाई भारतका उच्च अधिकारीसामु पु¥याउनु हो, पार्टीको अभिव्यक्ति नभई सिङ्गो नेपाली जनताको भावना बोल्न सक्नुपर्छ, उनले भने ।
अध्यक्ष बिजुक्छेले एक अर्को प्रसङ्गमा नाकाबन्दीको सम्पूर्ण जिम्मेवारी मधेसवादी दलले लिनुपर्ने बताए । उनले नेता नेपालको बनेर भारतको इसारामा चल्ने काम बन्द गर्नुपर्छ भने । मधेसवादी दलले नाकाबन्दी र आन्दोलनका नाममा भ्रष्टचारी र कालोबजारीलाई संरक्षण गरेको भन्दै यस्ता कुकृत्य विरुद्ध जनता एक भएर लाग्नुपर्नेमा जोड दिए ।
मूलतः मधेसवादी दलका कारण देशको अर्थतन्त्र धरासायी बन्न पुगेको उहाँको दोषारोपण थियो । –––––––––––
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण