बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

खानेपानीको ट्यांकीमा विषादी, दोषीमाथि कडा कारबाहीको माग

मङ्गलबार, २८ वैशाख २०७३, ११ : ०१
मङ्गलबार, २८ वैशाख २०७३

दाङ–तुलसीपुर १० भट्टेमा खानेपानीको ट्यांकीमा विषादी हालिएका कारण आठ सय माछा नष्ट भएका छन । स्थानिय गणेश चन्दले गरेको माछापालनको पोखरीमा दुई महिना अघि हालेका माछा नष्ट हुदा झण्डै ५० हजार बढिको क्षति भएको लिस्नेखोली खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका सचिव केशरबहादुर वलीले जानकारी दिए । हिजो विहान धारामा पानी खोल्ने क्रमामा गन्ध आए पछि एक पछि अर्को गर्दै गाउँभरी हल्ला भएपछि त्यहाका स्थानियले उक्त ट्याकीको पानि पिएका छैनन् । सो पछि गाउँमा पानीको हाहाकारै भएको छ । गाउँको शिरानमा रहेको खानेपानीको ५५ हजार लिटर क्षमताको रिजर्व वायर ट्यांकीमा स्थानिय प्रेम खत्रीले विषादी हालेको भन्दै पक्राउ गरेर गाउँलेले प्रहरीलाई बुझाएका छन् । अन्य दिनको गतिविधि र रातको समयमा खत्रीलाई गाउँमा ओहोरदोहर गरेको देखे पछि गाउँलेहरुले उनलाई शंका गरेका हुन् । विषादी युक्त पानी परिक्षणका लागि खानेपानी तथा ढलनिकास विभाग क्षेत्रिय पानी परिक्षण प्रयोगशाला नेपालगंज पठाएको उपभोक्ता समितिले जनाएको छ । स्थानियले ट्याङकीमा करिब १५ लिटर विषादी हालेको अनुमान गरेका छन् । डेढ घण्टा पैदल हिडेर इलाका प्रहरी कार्यालय तुलसीपुरमा संयौको संख्यामा पुगेका गाउँलेहरुले पक्राउ परेका खत्रीलाई हदै सम्मको कार्बाही हुनु पर्ने माग गरेका छन् । करिब पाँच सय जनसंख्या रहेको भट्टेको गाउँमा उक्त टंकीबाट एक सय १५ वटा धारा वितरण गरिएको छ ।

यता खानेपानी उपभोक्ता तथा सरसफाई डिभिजन कार्यालय दाङले परिक्षण पश्चात पिउन योग भए पछि मात्रै सो पानी पिउन सुझाव दिएको छ । विल्चिङ पाउडरले ३÷४ पटक भित्ता र सतह सफा गरेपछि पानी प्रयोगमा ल्याउन सकिने डिभिजनका इन्जिनियर तिलक न्यौपानेले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप