बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मलेसियाबाट आगलागी पीडितलाई सहयोग

मङ्गलबार, २८ वैशाख २०७३, ११ : ५२
मङ्गलबार, २८ वैशाख २०७३

गुल्मी– मलेशिमा रहेका नेपालीहरुले गुल्मी दजाकोटका अग्नी पिडितहरुलाई आर्थिक सहयोग गरेका छन् । मलेशियाको जोहरवारुमा रहेको पिटिपी समाज जोहरले वडागाउँ–१ को दजाकोट र २ को माझागाउँका अग्नी पिडितहरुलाई ६८ हजार ७ सय २५ रुपैयाँ नगद सहयोग गरेका हुन् । मलेशियाबाट पिटिपी समाज जोहरका अध्यक्ष सुन्दर श्रेष्ठले आफुहरु जहाँ रहे पनि स्वदेशको जुन सुकै स्थानका नेपालीहरुलाई परेको विपदमा सधैव सहयोगी हात समाजले अगाडी बढाउँदै आएको बतए । उनले भने–‘ दजााकोटका अग्नी पिडितहरुलाई सहयोग त्यसैको निरन्तरता हो ।’ शंखुवासभा घर भएका अध्यक्ष श्रेष्ठले दजाकोट र माझागाउँवासीलाई व्यक्तिगत र संस्थागत रुपमा सहानुभुति प्रकट समेत गरेका छन् । अग्नी पिडितहरुको तर्फबाट दजाकोट राहत संकलन तथा वितरण समितिले अध्यक्ष श्रेष्ठ, भोजपुर निवासी समाजका सचिव गुरु पराजुली, गुल्मीका संयोजक विजय शर्मा लगायतका पदाधिकारी , सदस्य र सहयोगदाता सवै प्रति आभार प्रकट गरेका छन् । उनिहरुले उक्त रकम नागरिक समाज गुल्मीका अध्यक्ष पदम पाण्डे, संयोजक विजय शर्माद्धारा हस्तान्तरण गराएका हुन्् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप