जुनियर खुला लनटेनिस प्रतियोगिता हुने
काठमाडौँ- जुनियर लनटेनिस खेलाडीका अभिभावकको आयोजनामा तेस्रो नेपाल जुनियर खुला टेनिस प्रतियोगिता आगामी जेठ ४ गतेदेखि राजधानीमा सञ्चालन हुने भएको छ ।
प्रतियोगितामा जम्मा १४ स्वर्णपदकका लागि प्रतिस्पर्धा हुने अखिल नेपाल लनटेनिस सङ्घका सदस्यसमेत रहेका आयोजकका अध्यक्ष अजय विष्टले जानकारी दिए । प्रतियोगितामा ब्वाइज÷गल्र्सतर्फ यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ उमेर समूहको एकल विधामा प्रतिस्पर्धा हुनेछ भने ब्वाइज÷गल्र्सको खुला डबल्स स्पर्धामा पनि प्रतिस्पर्धा हुने अध्यक्ष विष्टले बताए । डबल्समा यु–१२ देखि यु–१६ उमेरसमूहका खेलाडीले मात्र भाग लिन पाउने प्रावधान छ ।
छ दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगिताका खेल सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुनेछ । प्रतियोगितामा करिब २०० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । उक्त प्रतियोगिता सञ्चालन गर्न करिब रु तीन लाख ५० हजार खर्च लाग्ने अध्यक्ष विष्टको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण