भू–समाधि लिएको दाबी गर्ने कृष्णजी महाराजद्वारा दुईवटा नागरिकता भएको स्वीकार
मङ्गलबार, २८ वैशाख २०७३, १९ : १३
पोखरा - अन्न पानी विना नै नौ दिनसम्म पोखरामा भू–समाधि सम्पन्न गरेको दाबी गर्ने योग गुरु कृष्णदास जी महाराजले आफ्ना दुई वटा नागरिकता भएको स्वीकार गरेका छन् । महाराजले मंगलवार पोखराका पत्रकार माझ मिडियामा आएका दुई वटै नागरिकता आफ्ना भएको स्वीकार गरेका हुन् ।
उनले पहिला लिएको नागरिकता बाल्यकालको भएको र त्यसपछि सुनसरीबाट लिएको नागरिकता योगी वनेपछिको भएको पत्रकार सामु बताएका छन् । पछिल्लो नागरिकता लिनकोलागि सुनसरीको चतराका समाजसेवीहरुको आग्रहमा सोही स्थानको विकास गर्ने हेतुले लिएको उनले खुलासा गरेका छन् ।
पोखरामा भूसमाधि सकेका वावाका दुईवटा नागरिकता भन्ने वारे केही मिडियामा समाचार आएपछि वावा एकाएक पोखराबाट वाहिरिएका थिए ।
उनी वुधवारदेखि सुरु हुने योग साधना शिविरको लागि फेरि मंगलवार पोखरामा देखा परे । उनको योग साधना शिविरको वारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा पोखराका पत्रकारहरुले
कृष्णदासजीलाई दोहोरो नागरिकता वारे प्रष्ट पार्न भनेपछि उनले आफ्ना दुवै नागरिकता सही भएको स्वीकार गरेका हुन् ।
यसैवीच पोखरामा पाँचदिने योग साधना शिविरको तयारी पूरा भएको छ । योग साधना शिविर आयोजक समितिले मंगलवार पोखरामा पत्रकार सम्मेलन गरी सो शिविरको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।
साधना शिविरमा योग गुरु कृष्णदासजी महाराजले योग प्रणायम सिकाउने छन् । सो शिविर वुधवारदेखि सुरु भई सोमावार समापन हुने योग संयोजक भोलाजंग वरालले जानकारी दिएका छन् । पोखराको नयाँ वजारस्थित प्रदर्शनी केन्द्रमा सो शिविर हुने आयोजकले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निःशुल्क स्वास्थ्य पोर्टल : ९० दिनमै २ हजार भन्दा बढीले पाए सेवा
-
विश्वविद्यालयलाई आईटी उद्योगसँग जोड्न सरकारको पहल, रोजगार र करियर मेला सञ्चालन गरिने
-
सर्वोच्च अदालतः जलेका २० हजार मिसिलमध्ये १८ हजार 'पुनर्जीवित'
-
के अर्जेन्टिनाले काला वर्णका खेलाडीहरूलाई स्थान दिँदैन ?
-
कांग्रेस–एमाले गठबन्धन भत्किए गण्डकीमा नेकपा हुन सक्छ निर्णायक
-
ग्यासमा हुने कालोबजारी नियन्त्रण गर्न समितिको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण