बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

निःशुल्क स्वास्थ्य पोर्टल : ९० दिनमै २ हजार भन्दा बढीले पाए सेवा

बुधबार, ३१ असार २०८३, २१ : १९
बुधबार, ३१ असार २०८३

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सञ्चालनमा ल्याएको निःशुल्क स्वास्थ्य पोर्टल मार्फत दुई हजार दुई सय भन्दा बढी आर्थिक रूपमा विपन्न तथा लक्षित वर्गका नागरिकले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका छन्। 

पोर्टल सञ्चालनमा आएको करिब ९० दिनको अवधिमा २ हजार दुई सय भन्दा बढी आर्थिक रूपमा विपन्न तथा लक्षित वर्गका नागरिकले निःशुल्क स्वास्थ्य सेवाको लाभ प्राप्त गरेको मन्त्रालयको दाबी छ ।

नेपालको संविधानले सुनिश्चित गरेको आधारभूत स्वास्थ्य सेवाको अधिकार लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको यस पोर्टलमार्फत देशभरका २१३ अस्पतालमा उपलब्ध निःशुल्क शय्याको विवरण रियल–टाइममा हेर्न सकिने मन्त्रालयले जनाएको छ।

हाल देशभर रहेका २३ हजार चार सय ५६ शय्यामध्ये दुई हजार तीन सय ५६ शय्या निःशुल्क सेवाका लागि छुट्याइएका छन्।

पोर्टलले सेवाग्राहीलाई अस्पतालमा उपलब्ध निःशुल्क शय्याको अवस्थाबारे सहज जानकारी उपलब्ध गराउनुका साथै उपचार सेवामा नागरिकको पहुँच विस्तार, स्वास्थ्य सेवा प्रवाहमा पारदर्शिता, उत्तरदायित्व र प्रविधिमैत्री व्यवस्थापनलाई थप सुदृढ बनाएको स्वास्थ्य मन्त्रालयको दाबी छ।

मन्त्रालयले पोर्टलमार्फत प्रदान गरिने सेवाको दायरा क्रमशः विस्तार गर्दै अस्पतालहरूमा उपलब्ध अन्य स्वास्थ्य सेवासम्बन्धी विवरणसमेत समावेश गर्ने कार्यलाई निरन्तर अघि बढाइरहेको जनाएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप