बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बराह तालमा डुबेर महिलाको मृत्यु

मङ्गलबार, २८ वैशाख २०७३, ०६ : ३२
मङ्गलबार, २८ वैशाख २०७३

म्याग्दी- म्याग्दीको निस्कोटमा गाविसमा अवस्थित पर्यटकीय बराह तालमा डुबेर स्थानीय एक महिलाको ज्यान गएको छ । तालनजिकै स्नान गर्ने क्रममा चिप्लिएर तालमा डुबेकी निस्कोट–९ की ३० वर्षीया विष्णु कामीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले जानकारी दिए । दुई दिनदेखि हराइरहेको विष्णुलाई खोजी गर्ने क्रममा स्थानीयवासीले तालमाथि मृत अवस्थामा देखेपछि आज बिहान प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय दरबाङबाट गएको प्रहरीको टोलीले तालबाट शव निकालेर परीक्षणका लागि बेनी ल्याइएको प्रनाउ खड्काले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप