सिपी मैनाली फेरि मालेको महासचिवमा निर्वाचित
मङ्गलबार, २८ वैशाख २०७३, २२ : १०
काठमाडौँ− नेकपा मालेको सातौँ राष्ट्रिय महाधिवेशनबाट सिपी मैनाली पुनः महासचिवमा सर्वसम्मत निर्वाचित भएका छन् । यही वैशाख २५ गतेदेखि सुरु भएको महाधिवेशनले मैनालीलाई महासचिवमा निर्वाचित गरेको हो ।
महाधिवेशनले मैनालीको नेतृत्वमा ७५ सदस्यीय नयाँ केन्द्रीय कार्य समिति चयन गरेको छ । त्यसमध्ये ५४ महाधिवेशनबाट चयन गरेको हो भने बाँकी २१ जना प्रदेशबाट मनोनित गर्ने नवनिर्वाचित केन्द्रीय सदस्य शङ्कर पोखरेलले जानकारी दिए ।
पार्टीको आगामी केन्द्रीय कमिटीको बैठकले स्थायी, सचिवालय र पोलिटब्युरो गठन गर्नेसमेत उनले जानकारी दिए । स्थायी कमिटी तीन जना, सचिवालय पाँच र पोलिटब्यूरो २५ जना रहने व्यवस्था छ । महाधिवेशनमा ४९५ प्रतिनिधि सहभागी भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्ग्ल्यान्ड - अर्जेन्टिना प्रतिष्ठाको महाभिडन्तः कसको जित्ने सम्भावना कति ?
-
मलद्वारमा लुकाएर खैरो हेरोइन भित्र्याउने दुई जना पक्राउ
-
देशभरका मुख्य राजमार्गहरूमा बाढी र पहिरोको असर : कतै पूर्ण अवरोध, कतै एकतर्फी सुचारु
-
लमजुङमा वृद्धको हत्या, गहना लुटेर चितवनमा बिक्री
-
१० बजे १० समाचार : संसद्मा जाँदा विवादमा प्रधानमन्त्री, पुराना दलमा पुरानै रोग
-
उपराष्ट्रपति यादवद्वारा कतारी अमिरलाई राष्ट्रपतिको शोक पत्र हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण