कुटनीतिक समुदायलाई ब्रिफिङ गर्न आफैं अघि सरे प्रधानमन्त्री
काठमाडौं– सरकारले विदेशी राजदूत तथा कुटनीतिक नियोगका अधिकारीहरुलाई बोलाएर आज देशको राजनीतिक अवस्थालगायतका विविध विषयमा ब्रिफिङ गर्ने भएको छ । परराष्ट्र मन्त्रालयले त्यसको लागि दिउँसो तीन बजे राजधानीको होटल याक एण्ड यतीमा कार्यक्रमको तय गरेको परराष्ट्रमन्त्री कमल थापाका प्रेस सल्लाहकार मोहन श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली स्वयम्ले कुुटनीतिक नियोगका अधिकारीहरुलाई सम्बोधन गर्नेछन् । परराष्ट्रमन्त्री कमल थापाले मात्रै ब्रिफ गर्ने तयारी गरिएपनि उच्चस्तरबाटै हुनुपर्ने भन्दै प्रधानमन्त्री आफैं अघि सरेको स्रोतको भनाई छ । सो अवसरमा देशको राजनीतिक अवस्था, सरकारको नीति तथा कार्यक्रम, बजेटलगायतको विषयमा प्रधानमन्त्रीले अन्तराष्ट्रिय समुदायलाई जानकारी गराउने बताइएको छ ।
केपी शर्मा ओली नेतृत्वको सरकार परिवर्तनमा कुटनीति क्षेत्रबाट चलखेल भएको भन्दै असन्तुष्टि बढिरहेको बेला सरकारले गर्न लागेको ब्रिफिङलाई महत्वका साथ हेरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निःशुल्क स्वास्थ्य पोर्टल : ९० दिनमै २ हजार भन्दा बढीले पाए सेवा
-
विश्वविद्यालयलाई आईटी उद्योगसँग जोड्न सरकारको पहल, रोजगार र करियर मेला सञ्चालन गरिने
-
सर्वोच्च अदालतः जलेका २० हजार मिसिलमध्ये १८ हजार 'पुनर्जीवित'
-
के अर्जेन्टिनाले काला वर्णका खेलाडीहरूलाई स्थान दिँदैन ?
-
कांग्रेस–एमाले गठबन्धन भत्किए गण्डकीमा नेकपा हुन सक्छ निर्णायक
-
ग्यासमा हुने कालोबजारी नियन्त्रण गर्न समितिको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण