बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आमा समूहद्वारा सामुदायिक भवन निर्माण

बुधबार, २९ वैशाख २०७३, १२ : २१
बुधबार, २९ वैशाख २०७३

वालिङ– जिल्लाको भिरकोट–७ खोरबारका सिर्जनशील आमा समूहले सामुदायिक भवन निर्माण गरेका छन् । रोटरी क्लबको आर्थिक सहयोगमा रु २१ लाख ५० हजारको लागतमा आमा समूहले सामुदायिक भवन निर्माण गरेका हुन् ।

स्थानीयवासी प्रकाश खत्री र जापानी नागरिक युजी माचुमोतोको सक्रियतामा रोटरी क्लब अफ जापान डिस्ट्रिक नम्बर २६९० को सहयोगमा आमा समूहद्वारा सभाहलसहित दुईकोठे सामुदायिक भवन निर्माण गरिएको हो ।

जापानका तीन हजार १०० रोटरियनबाट प्राप्त आर्थिक सहयोग एवम् स्थानीयवासीको जनश्रमदान जुटाई उक्त भवन निर्माण गरिएको प्रकाश खत्रीले बताउनुभयो । भवन निर्माण भएपछि आमा समूहले छलफल, गोष्ठी, कार्यक्रम र तालिम सञ्चालन गर्ने बताएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप