माओवादीको ब्यानर तथा कागजपत्रसहित १४ वटा सकेट बम भेटियो
बुधबार, २९ वैशाख २०७३, १२ : २९
दाङ– दाङको पहाडी स्युजा गाविस भवनमा मङ्गलबार फेला परेका १४ वटा सकेट बम निस्क्रिय पार्न नेपाली सेनाको टोली आज बिहानै स्युजा प्रस्थान गरेको छ ।
दाङका प्रहरी प्रमुख कुवेर कडायतले दिनुभएको जानकारीअनुसार गाविस भवनको बन्द रहेको कोठा मङ्गलबार सफा गर्ने क्रममा बाकसभित्र माओवादीका ब्यानर, कागजपत्रसहित १४ वटा सकेट बम फेला परेपछि नेपाली सेनाको टोली आज बिहान त्यसतर्फ गएको हो ।
सकेट बम फेला परेको खबर गाविसले प्रहरीलाई गरेपछि मङ्गलबार प्रहरी प्रमुख कडायत सहितको सुरक्षाकर्मीको टोली स्युजा पुगेको थियो । घटनास्थलको सुरक्षाका लागि प्रहरी सहायक निरीक्षकको कमान्डमा चारजना प्रहरीलाई खटाएर कडायत जिल्ला सदरमुकाम फर्किएको थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्यासमा हुने कालोबजारी नियन्त्रण गर्न समितिको निर्देशन
-
मधेस प्रदेशमा आर्थिक विनियोजन विधेयक पारित
-
सिद्धिडाँडामा प्रचारप्रसार र पूर्वाधार आवश्यकता
-
सरकारले बर्डफ्लुबाट कुखुरा मरेपछि पीडित किसानलाई ५० करोड ७१ लाख राहत उपलब्ध गरायो
-
चीनको आर्थिक वृद्धि तीन वर्षयताकै न्यून
-
कुवेत र बहराइनकाे दाबी : इरानी हवाई आक्रमण विफल पार्याैँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण