सशस्त्र डिआइजी बढुवा प्रकरणमा लोकसेवामा उजुरी
काठमाडौं– बढुवा सिफारिसमा आफुमाथि अन्याय भएको भन्दै शसस्त्र प्रहरीका दुई जना डिआइजीले लोकसेवा आयोगमा उजुरी दिएका छन् । डिआइजीद्धय उत्तम खड्का र पुष्पराज केसीले गृहमन्त्रालयले गरेको बढुवा सिफारिसमा आफुहरु अन्यायमा परेको दावी गर्दे लोकसेवामा उजुरी दिएका हुन् । बैशाख २४ डिआइजीद्धय सर्वेन्द्र खनाल र जीतबहादुर पुनलाई अआइजीमा बढुवा गर्न सिफारिस गरेको थियो । गृहसचिवको नेतृत्वको समितिले उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको थियो । तर, यसले आफुहरु माथि अन्याय भएको भन्दै खड्काले बुधवार र केसीले विहिवार लोकसेवामा उजुरी दिएका हुन् । ‘हामीहरु अन्यायमा परेपछि उजुरीको बाटो रोजेका हौँ ।’ एक डिआइजीले भने । खड्का र केसीको उजुरीपछि लोकसेवाले तत्काल निर्णय कार्यन्वयन नगर्न गृहमन्त्रालयलाई निर्देशन दिएको छ । लोकसेवाले बढीमा दुई साताभित्र अन्तिम प्रतिवेदन दिएपछि मात्र बढुवाको कार्यन्वयनका बाटो खुल्नेछ । खड्का बरियतामा दोस्रो नम्वरमा रहेको भएपनि बढुवा सिफारिसमा परेका थिएनन् । यही आधारमा उनले लोकसेवामा उजुरी दिएका थिए । सिफारिसमा उजुरी परेपछि मन्त्रीपरिषद्ले खनाल र पुनलाई बढुवा निर्णय लिन केही दिन कुर्नुपर्ने भएको छ । लोकसेवाको प्रतिवेदनपछि मात्र सरकारले यसवारे कदम चाल्न सक्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कला–संस्कृति राष्ट्रको गौरव हुन्ः मन्त्री पाण्डे
-
विपद् जोखिम न्यूनीकरणबारे जेनेभामा सशस्त्रका महानिरीक्षकको सम्बोधन
-
मुद्दा मिलाइदिन्छु भन्दै ठगी गरेको आरोपमा पक्राउ
-
विश्वमा नयाँ वित्तीय व्यवस्था र सशक्त सहकार्यमा प्रधानमन्त्रीको जोड
-
वाईसीएलको नेतृत्व छनोट बुधबार, पदाधिकारीमा ९९ जना आकाङ्क्षी
-
प्रधानमन्त्रीसँग सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीको छलफल