युवा उद्यमीको सफलता : चाउमिन बेचेर मासिक ८० हजार कमाई
म्याग्दी – बेनीका एक युवाले डेढ लाख रुपैयाँको लगानीमा सुरु गरेको उद्योगबाट हाल मासिक ८० हजार रुपैयाँसम्म आम्दानी गर्न थालेका छन् ।
युरोप जाने योजना त्यागेर आफ्नै ठाउँमा चाउमिन उद्योग सञ्चालन गरेका बेनी नगरपालीका–६ मंगलाघाटका रेशम बानिया छोटो समयमै सफल व्यवसायी बनेका छन् । २४ वर्षीय बानियाले पाँच वर्षअघि आफ्नै घरमा एक लाख पचास हजार रुपैयाँको लगानीमा ‘जाल्पा फुड प्रोडक्ट’ उद्योग स्थापना गरेका थिउ ।
‘युरोप जाने सपनामा दलाललाई बुझाएको १३ लाख रुपैयाँ फसेपछि, बिदेश जाने योजना त्यागेर उद्योग सुरु गरेको थिए’ बानियाले भने, ‘अहिले उद्योगको लगानी बढेर ३० लाख पुगेको छ । मासिक दश लाख रुपैयाँ बराबरको कारोबार हुन्छ ।’
दश जोड दुई तहसम्मको अध्ययन गरेका बानियाले राम्रो ब्यापार हुँदा मासिक ८० हजार रुपैयाँ बचत हुने बताए । ‘सामानको खपत राम्रो भयो भने बढीमा मासिक ८० हजार बचाउन सकिन्छ, बानियाले भने, ‘व्यापार कम भएको समयमा पनि खर्च कटाएर ५० हजार बच्छ ।’
उद्योगबाट भएको आम्दानीले लगानी बढाउँदै लगेको बानियाको भनाई छ । दैनिक दुई सय किलोग्राम चाउमिन र ४० कार्टुन सस उत्पादन हुने उद्योगमा बानियाले आफूबाहेक आठ जनालाई रोजगारी दिएका छन् । उत्पादित चाउमीन र सस बेनी, बागलुङ, कुश्मा र मुस्ताङका होटल तथा रेष्टुरेष्टहरुमा खपत हुन्छ । पछिल्लो समय पोखरामा पनि सस र केचन बेच्न थालेका बानियाले त्यहाँमा डिपो खोलेर देशभर बजार विस्तार गर्ने योजनामा छन् ।
कच्चा पदार्थ र उत्पादीत सामाग्री ढुवानीका लागि हालै गाडी किनेका बानियाले उद्योगको क्षमत्ता र बजार विस्तारमा जोड दिएका छन् । स्थानीय बजारको आवश्यकतालाई मध्यनजर गरेर चाउमिन उद्योग खोलेका बानियाले पछिल्लो समय धौलागिरी क्षेत्रमै पहिलो पटक सस र केचन उत्पादन गर्न थालेका हुन् । चाउमिन बनाउन आवश्यक कच्चा पदार्थ मैदा र पानी स्थानीय स्तरमै पाईन्छ ।
सस बनाउनका लागि काठामाडौंको कालीमाटी तरकारी बजारबाट गोलभेडालगायतका कच्चा पदार्थ ल्याउने गरेका छन् । जिल्लाका कृषकले ठूलो परिणाममा गोलभेडा उत्पादन गर्न सके उद्योगले स्थानीय उत्पादनलाई प्राथमिकता दिने बानीयाले बताए । गुणस्तर परिक्षणका लागि आधुनिक प्रबिधिको प्रयोग गरेका बानियाले काठमाडौंको भृकुटीमण्डपमा गत माघमा भएको घरेलु उद्योग प्रर्दशनीमा पनि सहभागिता जनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण