बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

बेनीको खुल्ला मञ्च संरक्षण सुरु

आइतबार, ०२ जेठ २०७३, ०८ : १२
आइतबार, ०२ जेठ २०७३

म्याग्दी– म्याग्दी सदरमुकाम बेनीको बहुउद्देश्यिय खेलमैदानको संरक्षण योजना सुरु भएको छ ।

राष्ट्रिय खेलकुद विकास परिषद्को सहयोगमा जिल्ला खेलकुद विकास समितिले खेलमैदानको संरक्षण सुरु गरेको हो । म्याग्दी र कालीगण्डकी नदीको दोभानमा रहेको खेलमैदानलाई पहिलो चरणमा घेराबार गर्न थालिएको छ ।

राष्ट्रिय खेलकुद विकास परिषद्को पाँच लाख रुपैयाँ आर्थिक सहयोगमा म्याग्दी खोलातर्फ मञ्चको डिलमा करिब ८० मिटर तारबार गर्न लागिएको उपभोक्ता समितिका सचिव दिलगोपाल सिकेले बताए । उनकाअनुसार बेनी नगरपालिकाको थप दुई लाख रुपैयाँ अनुदानमा कालीगण्डकीतर्फको डिलमा तारबार गर्ने तयारी भएको छ ।

प्यारापिटमाथि सात फिट अग्लो तारबार गर्न लागिएको हो । तारबार भएपछि खुल्ला मञ्चमा फुटबल र भलिबल खेल सञ्चालन गर्दा बल खोलामा गएर क्षत्ती र दुख हुने समस्या समाधान हुने अपेक्षा गरिएको छ ।

यसैगरी प्याराफिटमा बसेर दर्शकले सुरक्षित तरिकाले खेल हेर्ने अवसर पनि पाउनेछन् । बेनीको खुल्ला मञ्चसँगै यस वर्ष घार गाविस २ चित्रेस्थित हिमालयन प्रावि परिसरको खेलमैदानको मर्मत तथा संरक्षणका लागि पनि बजेट प्राप्त भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विकले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप