बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

डिसीमा प्राज्ञ हरिबहादुर थापा रङ्ग मंच सम्राटद्वारा अभिनन्दित

आइतबार, ०२ जेठ २०७३, ०८ : १७
आइतबार, ०२ जेठ २०७३

वाशिंगटन डिसी – गीति नाटक ‘मालती मंगले’ का चर्चित नायक हरी बहादुर थापालाई वाशिंगटन डिसीमा मे १४ तारिखमा अभिनन्दन गरिएको छ िडिसी महानगर क्षेत्रमा क्रियाशील रहेको गैर मुनाफा सामाजिक संस्था अमेरिका नेपाल सहयोगी समाजको पहल तथा अन्य डिसी क्षेत्रका संघ तथा संस्थाको सयुक्त सहयोगमा नाटकका धरोहर, वरिष्ठ कलाकार एवं प्राज्ञ थापालाई रंगमंच सम्राट उपाधिले अभिनन्दन गरिएको हो  ।

उक्त कार्यक्रममा प्राज्ञ हरीबहादुर थापाको उत्कृष्ट दश नाटकहरुको केही अंश समेत रहेको ‘पाईलाहरु’ नामक भिडियो सिडी मन्चन गरियो । यसको साथै वरिष्ठ कलाकार थापाले जीवन्त अभिनयका साथ आफ्नो भूमिका निभाएको नाटकको भिडियो प्रदर्शन गरियो ।

कार्यक्रममा डिसी वरपरका संघ तथा संस्थाका प्रतिनिधि, बुद्धिजीवी वर्ग , कलाकार , साहित्यकार , ब्यबसायी तथा बिशिस्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो िभिडियो प्रदर्शन तथा सम्मान पश्चात प्राज्ञ थापाले संक्षेपमा नेपालमा नाटकको ईतिहासको र अहिलेसम्म भएका उपलब्धि , अवस्थामा बारेमा समेत बोलेका थिए ।

वरिष्ठ कलाकार थापाले प्रत्यक्ष छोटो अभिनय समेत प्रस्तुत गरेका थिए । प्राज्ञ थापाले मन्तब्य दिने क्रममा आफ्नी जीवनसंगिनी मिठु थापाको कारण आज यो उचाईसम्म पुग्न सकेकोमा भावुक हुँदै हार्दिकता प्रकट गरेका थिए । साथै कलाकार थापाले आयोजक संस्था अमेरिका नेपाल सहयोगी समाज तथा सहयोग गर्ने सबै संस्थालाई आफुलाई अवसर दिएकोमा धन्यवाद दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप