स्विजरल्याण्डको राजधानी बर्नमा बुद्धजयन्ती धुमधामले मनाउने तयारी
स्विजरल्याण्ड – यहि आउने महिनाको २१ तारिखका दिन स्विजरल्याण्डको राजधानी वर्नमा अवस्थित संसद भवन अगाडि एक विशेष कार्यक्रमकाबीच बुद्धजयन्ती मनाउने तयारी गरिएको छ ।
गौतम बुद्ध नेपालमा जन्मेका हुन्, नेपाल भ्रमणको लागि सुरछित छ भन्ने सन्देशलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने उद्धेश्यले समाजसेवी आङ्ग तेञ्जिङ्ग शेर्पा र कमल भट्टको आयोजनामा यो कार्यक्रमको तयारी भइरहेको हो । बिहान साढे १० बजेदेखि मध्यान्ह १ बजेसम्म खुला रुपमा बुद्धजयन्ती मनाउने कार्यक्रम रहेको छ ।
नेपाल र नेपालीको गौरव भगवान बुद्धको जन्मजयन्ती मनाउन, विश्वव्यापी रुपमा बुद्धको शान्तिको सन्देश बुलन्द गर्न, नेपालको पर्यटन प्रबद्र्धन गर्न नेपालबारे विश्वलाई जानकारी गराउन पनि कार्यक्रम प्रभावकारी हुने अपेक्षा आयोजकको लिएको छ ।
कार्यक्रममा सहभागी हुन इच्छुक विभिन्न संघसंस्थाहरुलाई बुद्धको तस्बिर, मुर्ति र नेपाली झन्डासहित उपस्थित हुन आव्हान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण