बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

खेतमा जलेको अवस्थामा महिला मृत फेला

आइतबार, ०२ जेठ २०७३, ०८ : २६
आइतबार, ०२ जेठ २०७३

भीमदत्तनगर– कञ्चनपुरको पुनर्वास नगरपालिका–१४ ढक्कामा एक महिलाको शङ्कास्पद मृत्यु भएको छ । शनिबार ढक्काकी २२ वर्षीया बासमती राना घर नजिकैको खेतमा जलेको अवस्थामा मृत भेटिएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ ।

मृतक बासमतीका श्रीमान् राजकुमार रानाले श्रीमतीले विष सेवन गरेर आत्महत्या गरेपछि आफूले खेतमा लगेर जलाएको प्रहरी समक्ष बयान दिएका छन् ।

प्रहरीले घटनामा श्रीमान् राजकुमारको संलग्नता देखिएको आशङ्कामा पक्राउ गरी अनुसन्धान थालेको छ । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक प्रतीक विष्टले राजकुमारलाई शनिबार नै पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिए । महिलाको शव परीक्षणका लागि धनगढीस्थित सेती अञ्चल अस्पतालमा राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप