बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

हेजबुल्लाहद्वारा आफ्नो प्रमुख नेतालाई इश्लामिक अतिवादीले हत्या गरेको दाबी

आइतबार, ०२ जेठ २०७३, ०८ : ४०
आइतबार, ०२ जेठ २०७३

बेरुत– लेवनानी सिया लडाकु समूह हेजबुल्लाहले शनिबार एक वक्तव्य जारी गरी आफ्ना उच्च सैन्य कमाण्डरलाई सुन्नी अतिवादी समूहद्वारा हत्या गरिएको दाबी गर्दै आफ्नो समूह बसर अल असादको सत्ताविरुद्ध लडाईलाई अझ सशक्त बनाउने बताएको छ ।

बदलामा उक्त समूहसँग आबद्ध इश्लामिक स्टेट जिहादी समूहले सरकारद्वारा सञ्चालित दैयर एजर सहरमा एक अस्पतालमा आक्रमण गरेको छ । घटनामा २० जना सुरक्षाकर्मीको निधन भएको छ भने कैयौँ घाइते भएका छन् ।

आक्रमणका क्रममा छजना जिहादी लडाकुहरुको मृत्यु भएको छ ।

लेवनानी हेजबुल्लाह समूहले सिरियाली राष्ट्रपति असदविरुद्धको लडाइँमा आफ्ना सिरियाली समर्थकलाई सघाउन हजारौँ सैन्य लडाकुलाई सघाउँदै आएको छ ।

हेजबुल्लाह समूहको उच्च सैन्य कमाण्डर मुस्तफा बेड्रेडिनले उक्त समूहके नेतृत्व गर्दै आएकामा बिहीबारको सुरक्षा कारबाहीमा उनको मृत्यु भएको थियो ।

बेड्रेडिनलाई अमेरिकाद्वारा आतङ्कवादलाई सघाएको भन्दै कालोसूचीमा राखिएको थियो भने उनी इजरायलको ‘मस्ट वान्टेड’ सूचीमा परेका थिए ।

हेज बुल्लाहद्वारा शनिबार एक विज्ञप्ति जारी गर्दै आफ्ना नेतालाई टाकफिरिस नामक सुन्नी उग्रवादी समूहद्वारा मारेको दाबी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप