शालिग्रामको चोरी निकासी रोकिएन
म्याग्दी– विश्वमै अत्यन्त दुर्लभ मानिएको बहुमूल्य धार्मिक शिला शालिग्राम चोरी सिकारीका कारण कालीगण्डकी नदीबाट लोप हुने अवस्थामा पुगेको छ ।
संसारभरि अन्त कतै नपाइने तर कालीगण्डकी नदीको कागबेनीदेखि रिडी गुल्मी सम्मको खण्डमा मात्रै पाइने दुर्लभ शिला शालिग्राम म्याग्दीको गलेश्वरदेखि मुस्ताङको कागबेनीसम्मको भागबाट व्यापकरुपमा चोरी निकासी हुने गरेको छ ।
पाँच वर्षअघि म्याग्दीका तत्कालीन प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले शालिग्रामको चोरी निकासी नियन्त्रण गर्न शालिग्राम संरक्षण अभियानका लागि समिति बनाएको भए पनि अहिले त्यो समिति निष्क्रिय अवस्थामा रहेको छ ।
गलेश्वर क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसीको अगुवाइमा २०६८ सालमा शालिग्राम संरक्षणका लागि पहल भएको थियो । त्यतिबेला भारतीय मूलका तीनजना व्यक्तिले शालिग्राम चोरी निकासी गर्ने गरेको भेटिएको थियो ।
अहिले पनि यस कार्यमा भारतीय मूलका व्यक्तिहरु नै सक्रिय रहेको गलेश्वर शिवालयका मूल पुजारी यामप्रसाद आचार्यले बताए । यस विषयमा कुनै उजुरी नपरेको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ ।
हिन्दू धर्मावलम्बीहरुले शालिग्रामलाई भगवान् विष्णुको अंश मानी पूजा गर्ने गर्दछन् । शालिग्रामलाई विभिन्न मन्दिर वा घरमा राखेर पूजा गर्ने गरिन्छ । शालिग्रामको जलमा तुलसीपत्ता मिसाएर खाने हो भने मनोविकास र पेटसम्बन्धी सम्पूर्ण रोग निको हुने आयुर्वेदिक उपचार पद्धतिमा बताइएको छ । त्यसका साथै शालिग्रामभित्र सुन हुने भएकाले पनि यसको व्यापक मात्रामा चोरी निकासी हुने गरेको शालिग्राम शिलाका अध्येता पं रञ्गराज शास्त्रीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण