नेपाल एसबिआई बैंकद्धारा पशुपति क्षेत्र विकास कोषलाई सरसफाई सामाग्री हस्तान्तरण
काठमाडौं – नेपाल एसबिआई बैंकले पशुपति क्षेत्रविकास कोषलाई बैंकको पशुपति एक्सटेन्सन काउन्टरमार्फत स्टेट बैंक अफ इन्डियाका निर्देशक तथा कर्पाेरेट बैंकिङ्ग प्रमुख श्री बि श्रीरामले शनिवार एक कार्यक्रमका बीच कोषका सदस्य सचिव डा. गोविन्द टण्डनलाई सरसफाई सामग्री हस्तान्तरण गरेका छन् ।
कार्यक्रममा स्टेट बैंकका नायब प्रबन्ध निर्देशक सिद्धार्थ सेनगुप्ता तथा मुख्य महाप्रबन्धक सुजित कुमार वर्मा, कोषका कार्यकारी अधिकृत रमेश उप्रेती, नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक अनुकुल भट्नागर नायब कार्यकारी प्रमुख भिके त्यागी एवं बैंकका नेपाल एसबिआई बैंकका कर्मचारीहरुको समेत उपस्थिती रहेको थियो ।
पवित्र पशुपति क्षेत्रलाई सफा र आकर्षक राख्न बैंकले आप्mनो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत सरसफार्ई उपकरणका साथ स्मार्ट क्लिनिङ्ग प्रा.लि.मार्फत आठ जना सरसफाई गर्ने कर्मचारीसहित पशुपति क्षेत्रविकास कोषलाई पाँच वर्षका लागि सामग्री हस्तान्तरण गरेको हो ।
साथै सोही दिन बैंकले भारतमा रेमिट्यान्स पठाउन मद्दत पु¥याउने उद्देश्यले स्थापित पेमेन्ट गेटवेको भारतिय राजदुत रन्जित राय र स्टेट बैंकका प्रबन्ध निर्देशक बी श्रीरामद्धारा संयुक्त रुपमा उद्घान गरे । उक्त गेटवेबाट अनलाइन पोर्टल मार्फत भारतमा विप्रेषण पठाउन झेल्नुपरेको कठिनाइलाई सहज बनाउने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण