देशभर कक्षा ११ को परीक्षा सुरु
भक्तपुर– आज बिहान ७ बजेबाट कक्षा ११ को परीक्षा देशभर एकै साथ सुरु भएको छ ।
उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा १२ को परीक्षा गत शुक्रबार सम्पन्न गरेपछि आजबाट कक्षा ११ को परीक्षा सुरु भएको हो । आगामी १२ गतेसम्म सञ्चालन हुने परीक्षामा तीन लाख ६९ हजार ४२६ परीक्षार्थी सहभागी भएका छन् ।
परीक्षाका लागि ९२१ केन्द्राध्यक्ष, दुई हजार ५१२ सहायक केन्द्राध्यक्ष, एक हजार ९२१ पर्यवेक्षक, १३ हजार ४३० जना निरीक्षक, एक हजार ६४१ जना कर्मचारी, दुई हजार ४७६ जना कार्यालय सहयोगी, ११ हजार ५२ जना सुरक्षाकर्मी गरी ३३ हजार ९५३ जना परिचालित हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
बिहान ७ बजेदेखि सुरु भएको परीक्षामा विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्ति, कारागार र बालसुधारगृहमा रहेका परीक्षार्थीलाई पनि परीक्षा दिने व्यवस्था गरिएको छ ।
परीक्षा सञ्चालन अवधिभर परीक्षा समन्वय समिति, केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, पर्यवेक्षक र परिषद्बाट खटिएका जिम्मेवार व्यक्तिबाहेकका व्यक्तिलाई परीक्षा केन्द्रमा मोबाइल फोन लैजान पूर्णरुपमा निषेध गरिएको छ ।
परीक्षामा अमर्यादित काम गर्ने व्यक्तिलाई छ महिना कैद र रु एक लाखसम्मको जरिवानाको व्यबस्था गरिएको छ भने परीक्षा मर्यादा विपरीत सामूहिक रुपमा मास चिटिङ अर्थात् सामूहिक चोरी भएको पाइएमा त्यस्तो परीक्षा केन्द्र नै खारेज गर्ने व्यवस्था गरिएको छ ।
परिषद्का उपाध्यक्ष डा चैतन्य शर्माले परीक्षा अनुगमनका लागि शिक्षा मन्त्रालयका सहसचिव, क्षेत्रीय उपनिर्देशक, क्षेत्रीय प्रशासक, जिल्ला शिक्षा अधिकारीलगायत मन्त्रालय मातहतका विभिन्न व्यक्तिको नेतृत्वमा ३१ वटा अनुगमन टोली बनाएर परीक्षाको अवलोकन गर्ने व्यवस्था गरिएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण