बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

सिंहदवार घेर्न आएका गठबन्धनका कार्यकर्तालाई नागढुंगामा रोकियो

आइतबार, ०२ जेठ २०७३, ०९ : २४
आइतबार, ०२ जेठ २०७३
[caption id="attachment_4381" align="alignleft" width="840"] File Photo[/caption]

काठमाडौं–संघीय गठबन्धनको सिंहदरबार घेराउ कार्यक्रममा सहभागि हुन काठमाडौं आएका मधेस गठबन्धनमा आबद्व विभिन्न पार्टीका कार्यकर्तालाई नागढुंगामा प्रहरीले रोकेको छ ।

काठमाडौं छिर्ने मुख्य नाकामा कडाईका साथ प्रहरीले चेकिङ गरिरहेको छ ।

गठबन्धनले सिंहदरबार घेराउ गर्ने भनेपछि नागढुंगामा प्रहरीले कडाईका साथ चेकिङ थालेपछि विभिन्न जिल्लाबाट आएका नेता/कार्यकर्ताहरु नागढुंगामा अलपत्र परेका छन् ।

तराई मधेस लोकतान्त्रिक पार्टीका महासचिव जितेन्द्र सुनालले नागढुंगाबाट रातोपाटीलाई फोन गर्दै भने, ‘हामी यहाँ अलपत्र परेका छौं, प्रहरीले छिर्न दिएको छैन् ।’

यता मधेसी गठबन्धनले सिंहदरबार घेराउ गर्ने भने पनि सिंहदरबारका कर्मचारी ७ बजेदेखि नै अफिस आउन थालेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप