गठबन्धनको सिंहदरवार घेराउ : १७ दल माइतीघरमा, १२ दल हनुमान थानमा
काठमाडौं – मधेसी, आदिवासी तथा जनजाति पार्टीहरुको संघीय गठबन्धनले सिंहदरवार घेराउ कार्यक्रम शुरु गरेको छ ।
गठबन्धनले विहान ९ बजेदेखि सिंहदरबार घेराउ गर्ने कार्यक्रम बनाए पनि कार्यकर्ताहरुलाई प्रहरीले काठमाडौं छिर्ने मुख्य नाका नागढुंगामा रोकेपछि केही ढिला गरी कार्यक्रम शुरु भएको छ ।
गठबन्धनमा आबद्ध दलहरुले सिंहदरबारका विभिन्न नाकाहरुमा जम्मा भएका छन् । १७ दल माइतीघरमा, १२ दल हनुमान थानमा रहेको गठबन्धनका नेताले रातोपाटीलाई जानकारी दिए । विभिन्न दलले विभिन्न मोर्चा सम्हालिरहेका छन् ।
सम्भावित दुर्घटनालाई रोक्न प्रहरीको ठूलो उपस्थिति रहेको छ । करिब ३ हजारको संख्यामा प्रहरी परिचालन गरिएको बताइएको छ ।
सिंहदरवारमा रहेका रातोपाटीका संवाद्दाता एसके यादवका अनुसार गठबन्धनका कार्यकर्ताभन्दा प्रहरीको धेरै उपस्थिति देखिएको छ ।
गठबन्धनले सिंहदरवार घेराउ गरेपछि राजधानीको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ ।
सिंहदवार घेर्न आएका गठबन्धनका कार्यकर्तालाई नागढुंगामा रोकियो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण