बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

झगडा मिलाउन गएका प्रहरीमाथि हँसिया प्रहार गरी साङ्घातिक आक्रमण

आइतबार, ०२ जेठ २०७३, ११ : ०६
आइतबार, ०२ जेठ २०७३

डडेल्धुरा– डडेल्धुराको जिल्ला कारागारबाट गाउँले बीच भएको झगडा मिलाउन गएका प्रहरीलाई हँसिया प्रहार गरी साङ्घातिक आक्रमण गरिएको छ ।

शनिबार बेलुका गाउँले बीच भएको झगडालाई शान्त गर्न अमरगढी नगरपालिका–५ कीर्तिपुर बजार नजिक पर्ने जिलोडा गाउँमा पुगेका प्रहरीमाथि झगडालुले हँसिया प्रहार गरी दुईजना प्रहरीलाई घाइते बनाएको हो ।

झगडा शान्त गर्ने क्रममा जिलोडा गाउँमा पुगेका प्रहरी हवल्दार जगदीश पन्त र प्रहरी जवान पदम बोगटीमाथि हँसिया प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले जनाएको छ ।

गाउँलेसँग विवाद गरिरहेको जिलोडा गाउँका ४० वर्षीया धने ताम्राकारले प्रहरीलाई हँसियाले साङ्घातिक हमला गरेको घाइते भएका हवल्दार पन्तले बताए । हवल्दार पन्तको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ भने हातमा गहिरो घाउ भएका जवान बोगटीलाई थप उपचारका लागि नेपालगन्ज अस्पतालमा पठाइएको उपक्षेत्रीय अस्पतालले जनाएको छ ।

हँसिया प्रहार गर्ने ताम्राकारलाई जिल्ला प्रहरीले हिरासतमा लिएको छ । घटनाको छानबिन गरी कानुन बमोजिमको कारबाही गरिने जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप