बाढीको सङ्केत दिने उपकरण जडान
बागलुङ–बागलुङ जिल्लाको खुङ्गा गाविसस्थित हुन्द्राफेदीमा बाढी आउनुभन्दा पूर्व सूचना दिने उपकरण जडान गरिएको छ ।
यस्तो उपकरण जिल्लामै पहिलोपटक राखिएको हो । पश्चिम बागलुङमा बग्ने तमान खोलामा आउन सक्ने बाढीको जोखिमबाट बच्न समुदायमा आधारित सूचना प्रणाली जडान गरिएको हो ।
त्यस क्षेत्रमा रहेका मानव बस्ती, खेतीयोग्य जमिन र जङ्गलमा बाढीले पु¥याउने सम्भावित क्षति रोक्न सूचना प्रणाली उपयोगी हुने ठानिएको छ । वर्षायाम सुरु हुनै लाग्दा सूचना प्रणाली जडान भएपछि अबदेखि स्थानीय बासिन्दाले घरमै बसेर बाढी आउँदै छ भन्ने सूचना थाहा पाउनेछन् ।
बहुसरोकारवाला वन कार्यक्रम (लिभर्ड)को आयोजना, धौलागिरि सामुदायिक स्रोत विकास केन्द्रको सहयोग एवम् ‘सस्टेनेबल ईको इन्जिनियरिङ’को प्राविधिक सहयोगमा उपकरण जडान गरिएको हो । उक्त उपकरण समुदायलाई हस्तान्तरण गरिएको प्रमुख प्राविधिक महेन्द्र शाक्यले बताए ।
सूचना प्रणालीको सही प्रयोगले मानवीय तथा भौतिक क्षतिलाई जोगाउन सकिने छ । सूचना प्रणालीले पानीको सतहको आधारमा स्थानीयवासीलाई जोखिम र सामान्य अवस्थाका बारेमा सूचित गर्नेछ । पहिलो सतहमा पानी बगे खासै आत्तिनु नपर्ने, दोस्रो सतहमा बगे सामान्य सचेत हुनुपर्ने प्राविधिकको भनाइ छ ।
उक्त प्रणालीले एक÷एक मिनेटको अन्तरालमा सङ्केत गर्ने र तेस्रो सतहमा बगे लगातार सङ्केत दिने जुन सङ्केत खतराको सङ्केत भएकाले घर छाडी सुरक्षित स्थानतर्फ लाग्नुपर्ने जनाइएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण