बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

संघीय गठबन्धनको आन्दोलनप्रति बाबुरामको ऐक्यबद्धता

आइतबार, ०२ जेठ २०७३, १५ : ०८
आइतबार, ०२ जेठ २०७३

काठमाडौं– मधेसी र जनजाती दलहरु मिलेर बनेको संघीय गठबन्धनले सिंहदरबार घेराउ गरिरहँदा बाबुराम भट्टराईले आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् । भट्टराईले आज एक विज्ञप्ती जारी गर्दै आन्दोलनरत समुदायका माग सम्बोधन गरी संविधानलाई सर्वस्वीकार्य बनाउनुको विकल्प नभएको बताएका छन् ।

विज्ञप्तीमा मधेसी जनजाती समुदायले उठाएका मागहरु जायज भएको भन्दै तत्काल सुनुवाई गर्न सरकारसँग भट्टराईले आग्रह गरेका छन् । विज्ञप्तीमा संविधान जारी भएको लामो समय बितिसक्दा पनि उत्पीडित जनताले संविधानलाई आत्मसाथ गर्न नसक्नु तथा सहज ढंगले संविधान कार्यान्वयन हुन नसक्नु दुखद भएको पनि उल्लेख गरिएको छ । विज्ञप्तीमा भनिएको छ, ‘संविधान जारी भएर यतिका समय हुँदा पनि उत्पीडित जनताले संविधानलाई आत्मसात गर्न नसक्नु साथै सहज ढंगले संविधान कार्यान्वयन हुन नसक्नु धेरै दुःखपूर्ण छ । मुलुकलाई लामो समय यस्तो अवस्थामा राख्नु गम्भीर कुरा हो । त्यसैले संविधानलाई बनाउनुको विकल्प छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप