बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

तस्बीरमा यस्तो देखियो गठबन्धनको ‘वारपारको आन्दोलन’

आइतबार, ०२ जेठ २०७३, १२ : ५८
आइतबार, ०२ जेठ २०७३

काठमाडौं– मधेसी, आदिवासी तथा जनजाति पार्टीहरुको संघीय गठबन्धनको सिंहदरवार घेराउ कार्यक्रम जारी छ । यसअघि ६ महिना मधेस आन्दोलन गरेको मोर्चाले राजधानी केन्द्रित आन्दोलनलाई ‘वारपारको आन्दोलन’ भनेको छ । मोर्चाले माग पूरा नभएसम्म आन्दोलन नरोकिने बताएको छ ।

गठबन्धनमा आबद्ध दलहरु सिंहदरबारका विभिन्न नाकाहरुमा जम्मा भएका छन् । १७ दल माइतीघरमा, १२ दल हनुमान थानमा रहेको गठबन्धनका सहकर्मी भरत पाण्डेले जनाइएका छन् । विभिन्न दलले विभिन्न मोर्चा सम्हालिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप