बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

नेपालको आन्तरिक मामिलामा भारतको सधैं हस्तक्षेप छः लोकराज बराल

आइतबार, ०२ जेठ २०७३, १३ : १६
आइतबार, ०२ जेठ २०७३

काठमाडौ– भारतका लागि नेपाली राजदुतसमेत रहिसकेका प्रा. डा. लोकराज बरालले नेपालको आन्तरिक मामिलामा कुनै न कुनै रुपमा सधैंजसो भारतको हस्तक्षेप हुने गरेको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले आईतवार आयोजना गरेको साक्षात्कारमा उनले मधेस डिस्टर्व हुँदा भारत समेत प्रभावित हुने भएकोले भारतको चासो हुनु स्वभाविक भएको भन्दै मधेस झनै डिस्टर्व हुँदै गए त्यसले झनै बढी हस्तक्षेप निम्त्याउने आशंका ब्यक्त गरे ।

बरालले भारतसँगको सम्बन्धमा देखिएको चिसोपन हल्ला, भाषण र राष्ट्रियताको कुरा गरेर अन्त्य हुन नसक्ने भएकोले नेपालले शान्त कुटनीतिकमार्फत यसलाई हल गर्नु पर्नेमा जोड दिदै नेपालले आन्तरिक मामिला आफै हल गरे यस्तो कुनै समस्या नआउने विश्वास ब्यक्त गरे ।

उनले भने,‘ नेपालको आन्तरिक कारणले सम्बन्ध चिसिएको हो । भारतले मिलेर जानु पर्छ भनि चासो मात्रै देखाएको हो ।’

बरालले नेपाल र भारतवीच बहुआयामिक सम्बन्ध भएकोले सम्बन्धमा उतार चढाव भईरहने भन्दै अहिलेको जस्तो अवस्था पहिला नभएको बताए ।

उनले भने,‘ ईतिहासदेखिनै नेपाल भारत सम्बन्धमा उतार चढाव आईरहेको छ । यो सामान्य कुरा हो । यहाँको आन्तरिक समस्याले यस्तो भईरहेको हो । यहाँको आन्तरिक समस्या समाधान भए सम्बन्ध सुध्रिन्छ ।’

भारतकालागि नेपाली राजदुत दिपकुमार उपाध्यायलाई फिर्ता बोलाउनु नेपालको अस्थिर राजनीतिको उपज भएको भन्दै नेपालमा स्थायी अस्थिरता भएको तर्क गरे । उनले आन्तरिक राजनीतिले परराष्ट्र सम्बन्धलाई असर पार्ने समेत स्पष्ट पारे ।

बरालले नेपालमा चीनको चासो तिब्बतमा समस्या उत्पन्न नहोस भन्ने र भारतको यहाँ चीन र अरुको गतिविधी नबढोस भन्ने नै रहेको तर्क गर्दै नेपालमा चीनको प्रभाव बढ्दा भारतसहित अमेरिका र यूरोपेली यूनियनको गतिविधी बढ्ने भएकोले त्यो नेपालकोलागि झनै हितकर नभएको तर्क गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप