राप्रपा नेपालका केन्द्रिय सदस्य भुजुङ गुरुङबिरुद्ध मुद्धा चलाइने
आइतबार, ०२ जेठ २०७३, १३ : २९
काठमाडौं–काठमाडौं महानगरपालिका–१६ खुसिवु स्थित दावल गाउँ समाजको घरको तेस्रो तलामा तास खेलिरहेको बेला पक्राउ परेका राप्रपा नेपालका केन्द्रिय सदस्य भुजुङ गुरुङलाई जुवा ऐन अनुसार मुद्धा चलाईने भएको छ ।
शनिवार सोही ठाउँ बस्ने ४६ बर्षीय कान्छा मुखिया, भूजुङ गुरुङ सहित २४ जनालाई महानगरीय प्रहरी वृत सोह्रखुट्टेले पक्राउ गरेको थियो । होटल मनाङको संचालक समेत रहेका भुजुङको साथबाट प्रहरीले नगद २ लाख १३ हजार ५ सय रुपैयाँ, १ सय २० युस एस डलर, ५ सय भारतीय रुपैया बरामद गरेको थियो । १६ बुक तास सहित पक्राउ परेकाहरुलाई जुवा ऐन अनुसार मुद्धा चलाईने महानगरीय प्रहरी वृत सोह्रखुट्टेका डिएसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण