सरकारको नीति तथा कार्यक्रमले सबैलाई समेटेको छ : खनाल
आइतबार, ०२ जेठ २०७३, १३ : ३५
इलाम – नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले संविधानको परिधिभित्र रहेर सरकारले ल्याएको नीति तथा कार्यक्रमले सबै नेपाली जनतालाई समेटेको बताएका छन् ।
इलाम क्षेत्र नं १ अन्तर्गत आज बिहान इलामको चिसापानी गाविसमा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै नेता खनालले प्रस्तुत नीति तथा कार्यक्रमले जनताका आधारभूत समस्यालाई सम्बोधन गरेको बताए ।
“यसपालिको नीति तथा कार्यक्रममा सरकारले जनताका आधारभूत आवश्यकतालाई सम्बोधन गरेको छ,” उनले भने – “यसैको आधारमा आगामी बजेट प्रस्तुत हुन्छ ।”
पूर्वप्रधानमन्त्री खनालले सरकार सहमति र सहकार्य गरेर नै अघि बढिरहेको उल्लेख गर्दै संविधान कार्यन्वयनका लागि साना ठूला सबै दल एक ठाउँमा उभिन जरुरी बताए ।
देशमा तानाशाही र सामन्ती राजसंस्थाको अन्त्यसँगै विकासको लहर फैलिएकाले सबै दल मिलेर भूकम्पबाट थिलथिलो भएको मुलुकलाई आर्थिक समृद्धिको बाटोमा अघि बढाउनुपर्ने उनको भनाइ थियो । उनले क्षेत्र नं १ मा निर्माण भएका विकास निर्माणको अनुगमनसमेत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण