एक सय दुई ज्येष्ठ नागरिक सम्मानित
आइतबार, ०२ जेठ २०७३, १३ : ३९
पाँचथर - ज्येष्ठ नागरिक जिल्ला सङ्घ पाँचथरले फिदिम नगरपालिकाका ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । नगरपालिकाका एकसय दुईजना ज्येष्ठ नागरिकलाई फिदिम नगरपालिकाको सहयोगमा सङ्घले सम्मान गरेको हो । सङ्घले शनिबार वडा नं १ र ४ का २० जना ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाई सम्मान गरिएको हो । सम्मान कार्यक्रममा सङ्घकी अध्यक्ष राधिका थापाले ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवको उपयोग गर्नसक्नु पर्ने बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकलाई राज्यले दिने सामाजिक सुरक्षा भत्ता वृद्धि गर्नुपर्ने आवश्यकता पनि औँल्याए । सङ्घका सल्लाहकार प्रेम ओझाले राज्यका तर्फबाट ज्येष्ठ नागरिक परिचयपत्र पनि बाँडिनुपर्ने बताए । पछिल्लो समय ज्येष्ठ नागरिकलाई अपहेलना, कुटपिट र अपमानजनक व्यवहार घरपरिवारमै हुने गरेको भन्दै कार्यक्रममा चिन्ता व्यक्त गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण