बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

सरकारी जग्गा अतिक्रमण गरेर रिसोर्ट

आइतबार, ०२ जेठ २०७३, १३ : ५८
आइतबार, ०२ जेठ २०७३

नुवाकोट–नुवाकोटको तलाखु गाविस स्थित चिसापानीमा सरकारी जग्गा अतिक्रमण गरेर होटल र रिसोर्ट बनाउने क्रम तिव्र रुपमा अगाडी बढेको पाईएको छ । स्थानियहरुको प्रयासमा वृक्षारोपण गरेर संरक्षण गर्दै आइको जंगलको जग्गा फडानी गरेर सोही वनको काठपात प्रयोग गरेर चिसापानीमा स्थायी प्रकृतिका होटल र रिसोर्ट बन्न थालेपछी स्थानियहरु चिन्तीत बनेका छन् । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको चिसापानीमा बनेका कत्तिपय होटल तथा रिसोर्टले निकुञ्जको संरक्षणका लागी निर्माण गरिएको पर्खालसमेत भत्काएर होटल संचालन गरेका छन् । यसरी निकुञ्ज अतिक्रमण गर्नेहरुमा चीसाापानी माउन्टेन भ्यु रिसोर्ट, होटल दर्पण, होटल ग्यालेक्सि, होटल बिबिसि रहेका छन् । स्थानिय अगुवाहरुका अनुसार निकुञ्जसँगै जोडिएका होटलहरुले १५ मिटर भन्दा बढी शीवपुरी नागार्जुन राष्ट्रिय नीकुन्ज अतीक्रमण गरेका छन् । यसरी अवैधानीक रुपमा सरकारी जग्गा अतिक्रमण गरेर खोलिएका होटल तथा रीसोर्टले राज्यालाई नोक्सानी पुर्याईरहेका छन् । चिसापानीमा खुलेका कत्तिपय होटलहरु जिल्ला प्रशासन कार्यालय, अन्त शुल्क विभाग,कर कार्यलय, घरेलु उभोग संघ, होटल ब्यबसायी संघ जस्ता निकायमा दर्ता समेत नभएको बताईएको छ । यसरी विधीवत रुपमा दर्ता समेत नगरिकन संचालनमा ल्याईएका होटलहरुले राज्यलाई करोडौं नोक्सानी पुर्याईरहेको पाईएको छ । होटलहरुवाट उत्पादीत फोहोरमैला जथाभावी यत्रतत्र फालीएकोले त्यसबाट आसपासका क्षेत्रमा प्रदुषण फैलीन थालेका छ । जसका कारण खानेपानी तथा अन्य श्रोतहरु दुर्गन्धीत र प्रदुषीत भई स्थानीयमा श्वासप्रश्वास छाला लगायत विभिन्न सरुवा रोगहरुको संक्रमण फैलीन थालेका भन्दै स्थायिनहरु वन अतीक्रमण गर्ने काम रोक्न पहल गरीरहेका छन् । संरक्षित क्षेत्रको जग्गा अतिक्रमण गरिएको भन्दै शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज कार्यालयले त्यसरी अतिक्रमण गरिएको जग्गा खालि गराउन आग्रह गरेपनी होटल संचालक हरुले अटेरी गरेको पाईएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप