बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

राष्ट्रिय वाणिज्य बैकको वार्षिक साधारण सभा सम्पन्न

आइतबार, ०२ जेठ २०७३, १४ : २५
आइतबार, ०२ जेठ २०७३

काठमाडौं  –राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आर्थिक वर्ष ०७१।०७२ को १० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा बैंकका अध्यक्ष डा. रवीन्द्र प्रसाद पाण्डेले बैकको चुक्ता पुंजी ८ अर्ब ५८ करोड ८९ लाख पुगी बैक पुंजीगत आधारमा सवल अवस्थामा रहेको बताए । साधारण सभाले अध्यक्ष डा.पाण्डेद्वारा प्रस्तुत बैकको आर्थिक वर्ष ०७१।०७२ को वार्षिक प्रतिवेदन पारित गरेको छ । सो सभामा बैकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले स्वागत मन्तव्य प्रस्तुत गरे । स्वागत मन्तव्यका क्रममा प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले राष्ट्रिय अर्थतन्त्र र बैकिंग क्षेत्रको असहज अवस्थाका बीच आफूले प्रमुख कार्यकारीको जिम्मेवारी वहन गरेको स्मरण गराउंदै बैकले वित्तिय क्षेत्र सुधार कार्यक्रम यता हासिल गरेका उपलव्धिलाई दिगो बनाई आफ्नो कार्यकालको ४ वर्षभित्र कारोवार,मुनाफा, सेवाको गुणस्तर,वित्तिय पहुंच तथा समावेशिता र सार्वजनिक उत्तरदायित्व वहन लगायतका सबै आधारमा देशको पहिलो बैकको रुपमा विकास गर्ने प्रतिवध्दता प्रकट गरे । बैकका कम्पनी सचिव टेकराज जोशीको सहजिकरणमा सम्पन्न उक्त साधारण सभामा शेयरहोल्डरहरु क्रमशःअर्थ मन्त्रालय ,महालेखा नियन्त्रकको कार्यालय ,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय,भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय,उद्योग मन्त्रालय,वाणिज्य तथा आपूर्ति मन्त्रालय ,उर्जा मन्त्रालय,सिंचाई मन्त्रालयका प्रतिनिधिहरु ,बैकका नायव महाप्रवन्धकहरु विष्णु प्रसाद वैद्य ,भुपेन्द्र पाण्डे,कविराज अधिकारी लगायत उच्च पदस्थ अधिकृतहरुका साथै बैकमा कार्यरत ट्रेड यूनियनका प्रतिनिधिहरुको सहभागिता थियो । नेपाल सरकारको पूर्ण स्वामित्वमा वि.संं २०२२ सालमा स्थापित यस बैकको देशका ६८ जिल्लामा १६६ शाखा ,१६ काउन्टर र ६८ ब्रान्चलेस बैकिंगको कार्यसंजाल रहेको छ । झण्डै १३ वर्षअघि आरम्भ भएको वित्तिय क्षेत्र सुधार कार्यक्रमयता समग्र वित्तिय स्वास्थ्यमा आमूल सुधार ल्याएको यस बैकले चालु आर्थिक वर्षको ९ महिना अर्थात गत चैत्र मसान्तसम्म निक्षेप १ खर्व ३० करोड ,कर्जा सापट ७९ अरब २९ करोड ,लगानी ३८ अर्ब पु¥याएको छ भने खुद मुनाफा १ अर्ब ६२ करोड रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप