बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

अखिल क्रान्तिकारीद्धारा बिरामीलाई फलफूल वितरण

आइतबार, ०२ जेठ २०७३, १४ : ३४
आइतबार, ०२ जेठ २०७३

धनगढी, जेठ २– अखिल क्रान्तिकारी विद्यार्थी संगठनले सेती अञ्चल अस्पतालका विरामीलाई फलफुल वितरण गरेका छन् । विद्यार्थीले आफ्नो ५२औं स्थापना दिवसको अवसर पारि आज अस्पतालका विरामीलाई फलफुल वितरण गरेका हुन् । अञ्चल अस्पतालका प्रत्येका वार्ड मा भर्ना भएका विरामीलाई विद्यार्थीले सन्त्वाना दिदैं केरा, जुस लगायतका फलफुल वितरण गरेको अखिल क्रान्तीकारीका केन्द्रिय सदस्य रमेश भट्टराईले जानकारी दिए ।

विगतमा अखिल क्रान्तिकारीले राजनीतिक परिवर्तनका लागि गरेका आन्दोलनको स्मरण गर्दै अव आन्दोलन भन्दापनि अप्ठ्यारोमा परेका नागरिकको सेवामा अखिल लागि पर्ने अखिल क्रान्तीकारीका क्षेत्र नंं. ७ का ईन्चार्ज उद्धव भट्टराईले बताए । एकीकृत नेकपा माओवादीका जिल्ला सदस्य हरि क्षेत्रीले अव अखिल क्रान्तीकारी विद्यार्थीले पार्टीको शिर मजबुत बनाउन यस्ता कामहरुको थालनी गर्नु पर्ने बताए । फलफुल वितरणमा अखिल क्रान्तीकारीका केन्द्रिय सचिव रमेश धामी, जिल्ला अध्यक्ष मदन कठायत लगायत अधिकांश विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप