बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

ओम डिभेलपमेन्ट बैंकको नाफा १४ करोड १० लाख

आइतबार, ०२ जेठ २०७३, १४ : ४०
आइतबार, ०२ जेठ २०७३

पोखरा–पोखराको चिप्लेढुङ्गामा मुख्य कार्यालय रहेको ओम डेभलपमेन्ट बैंकले यस त्रैमासिकमा नाफा १४ करोड १० लाख गर्न सफल भएको छ । २०७२ चैत्र २२ गते बाट सबिक ॐ फाइनान्स र सिटी डिभेलपमेन्ट बैंक एक आपसमा गभिएर ओम डिभेलपमेन्ट बैंक भएको थियो । हाल बैंकले २५ वटा शाखा मर्फत बैंकइङ सेवा दिदै आइरहेको छ । बैंकको २५ शाखा मध्य २ शाखा काठमाडौंमा र १ शाखा अति बिकट हिमालि जिल्ला मनाङबाट सेवा सन्चालन गरिरहेको छ । राष्ट्र बैंकले ल्याएको नीति अनुसार बैंकिङ क्षेत्रमा मर्जर हुने संख्या बढ्दै गएको छ । सोही अनुसार गत चैत्र २२ गतेबाट सिटी डेभलपमेन्ट बैंक लिमिटेड र ओम फाइनान्स लिमिटेड आपसमा गाभिएर राष्ट्रियस्तरको विकास बैंक अर्थात ओम डेभलपमेन्ट बैंकको रुपमा एकीकृत कारोबार सुरु गरेको हो । बैंकको चुक्ता पुँजी १ अर्ब ५ करोड, निक्षेप १० अर्ब ९२ करोड, कर्जा ९ अर्ब ८ करोड रहेको छ । मर्ज भएपछि ओम डभेलपमेन्ट बैंकको केन्द्रीय कार्यालय पोखराको चिप्लेढुंगामा नै रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप